काठमाडौं,सरकारी मातहतका केही अस्पतालमा औषधि आपूर्तिको लागि हुने टेन्डर र त्यसको आशयको सूचना प्रकाशित प्रक्रियामै सेटिङ्ग हुने गरेको छ । खासगरी लाइफ सेभिङ्ग ड्रग्सको टेन्डर सप्लाईमा सेटिङ्गसहितको आर्थिक अनियमितता हुने गरेको छ ।
आईसीयूमा भर्ना भएका बिरामीमाथि प्रयोग हुने लाइफ सेभिङ्ग ड्रग्स र सर्जिकल सामग्रीलगायतका थप विभिन्न प्रकारका तीन दर्जनभन्दा बढी औषधि सप्लाईका लागि राजधानीको नयाँ बानेश्वरस्थित (निजामती कर्मचारी) सिभिल अस्पतालले गत कात्तिक १ गते टेन्डर सूचना प्रकाशित गरेको थियो । तर त्यसको आशयपत्र सार्वजनिक गरेको छैन । सार्वजनिक खरिद ऐनअनुसार उक्त टेन्डरको धेरैअघि नै आशयपत्रको सूचना सार्वजनिक गर्नुपर्ने थियो ।
स्रोतका अनुसार अस्पताल फार्मेसी प्रयोजनका लागि अस्पतालका वरिष्ठ निर्देशकको कमान्डमा चिकित्सक र फार्मेसिस्टसहितको ड्रग थेरापिटिकल कमिटी अर्थात् डीटीसीको सिफारिसमा टेन्डर प्रक्रियामार्फत माग गर्ने लाइफ सेभिङ्ग ड्रग्स र सर्जिकल सामग्री सप्लाईको लागि टेन्डर सूचना प्रकाशित भएको बढीमा तीनदेखि चार साताको समयसीमाभित्र अस्पताल प्रशासनले सप्लाई प्रक्रियालाई पूर्णता दिनका लागि आशयपत्र सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था रहेको छ ।
यसबीचमा औषधि अनुमति स्वीकृत सिफारिस गर्ने डीटीसी कमिटीको व्यक्तिगत आर्थिक स्वार्थ र सप्लाइकर्ताबीच हुने गरेको आर्थिक सेटिङ्गका कारण लामो समयसम्म अर्थात् करिब तीन महिनाको समयसीमा व्यतित भइसक्दा समेत सिभिल अस्पताल प्रशासनले आशयपत्र सार्वजनिक गरेको छैन ।
त्यस्तै सार्वजनिक खरिद नियमावलीअनुरुप घट्दो मूल्यमा गुणस्तरसहितको औषधि र औषधिजन्य सामग्री खरिद गर्नुपर्ने हुन्छ । तर यहाँ औषधिको सिफारिस गर्ने डीटीसी कमिटीका प्रमुख डा. विधाननिधि पौडेल र औषधि सप्लाइकर्ताबीच आर्थिक सेटिङ्गको प्रसंगमा केही विषय नमिल्दा आशयपत्र सार्वजनिक हुन नसकेको र यसबीचमा औषधि सप्लाई एजेन्टसँग आर्थिक सेटिङ्ग भइरहेको स्रोतले जनाएको छ ।
राम्रो र गुणस्तरसहितको औषधिभन्दा पनि जुन कम्पनी वा औषधि आयातकर्तासँग राम्रो नजराना सेटिङ्ग हुन्छ त्यही कम्पनीको महङ्गो औषधि सप्लाईलाई स्वीकृति दिने प्रवृत्तिले जरो गाडेको जानकारीसँगै घट्दो मूल्यमा गुणस्तरीय औषधि सप्लाई हुनुपर्नेमा सार्वजनिक खरिद नियमावलीविपरीत आफूनिकटका सप्लाईकर्तालाई भागशान्तिका लागि लोकस्ट वान, लोकस्ट टु र लोकस्ट थ्रिको अवधारणामा सिभिल अस्पतालले टेन्डरको आशयपत्र सार्वजनिक गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।
यसबीचमा केही समयअघि डा. पौडेललाई टेलिफोन सम्पर्क गर्दै जानकारी माग गर्दा उनले अब केही समयपछि नै सार्वजनिक खरिद नियमावलीअनुसार नै आशयपत्र सार्वजनिक हुने जनाउ दिए पनि अहिले त्यस विपरीतका कामकारबाही हुँदै गरेको थाहा भएको छ ।
अस्पताल फार्मेसी प्रयोजनका लागि सप्लाई हुने औषधि आर्थिक सेटिङ्गका कारण एकातर्फ अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीले समयमा औषधि सप्लाई नहुँदा समयमा नै औषधि पाउनसकेका छैनन् भने अर्कोतर्फ सरकारीमातहतका अस्पतालमा हुने गरेको आर्थिक सेटिङ्गको प्रवृत्तिसहित औषधि खरिद गर्ने प्रवृत्तिका कारण व्यक्तिलाई लाभ र राज्यलाई आर्थिक भार निकै बढ्ने गरेको सरोकारवालाहरुको भनाइ छ ।
सरकारी मातहतका अस्पतालमै टेन्डर प्रक्रियामार्फत औषधि सप्लाईको क्रममा मुलुकको प्रचलित सार्वजनिक खरिद नियमावलीअनुरुप हुनुपर्नेमा ठीक त्यसविपरीत आर्थिक अनियमितताका योजनाबद्ध घटनाक्रमले प्रश्रय पाउँदै गर्दा समेत विभागीय मन्त्रालयका सम्बद्ध अधिकारी समेत तैँ चुप मै चुप रहेको जनाउँदै औषधिको सप्लाईमा हुने गरेको चलखेलका कारण आईसीयूका बिरामीहरुले कम मूल्यमा गुणस्तरयुक्त औषधि पाउन नसकेको अस्पतालसम्बद्ध उच्चस्रोतको दाबी छ ।
साथै स्रोतले सिभिल अस्पताल प्रशासनले अबको एकाध दिनमा नै सार्वजनिक खरिद नियमावलीविपरीत लो कस्ट वन, लोकस्ट टु, लो कस्ट थ्रिको नाममा औषधि टेन्डरको आशयपत्र सार्वजनिक गर्ने तयारी गरेको र यसको लागि डीटीसी कमिटी प्रमुख डा. पौडेलले औषधि सप्लाई गर्ने कम्पनीका एजेन्टसँग मनग्य अर्थलाभ प्राप्त गरेको जनाएको छ ।
त्यस्तै स्रोतले पछिल्लो समय धुलिखेल अस्पतालमा समेत लोकस्ट वन, लोकस्ट टु र लोकस्ट थ्रिको अवधारणामा कम मूल्यको औषधिभन्दा महंगो मूल्यको औषधि खरिद गर्दै बिरामीको ढाड सेक्ने र अस्पतालको डीटीसी कमिटीसम्बद्ध प्रमुखलगायतले औषधि सप्लायरसँग मनग्य आर्थिक नजराना बुझेको स्रोतको दाबी छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया