आन्दोलनका नाममा बालाजुको ल्होत्से मलमा लुटपाट, ८ करोडको क्षतिपूर्ति माग-प्रहरीले थाल्यो अनुसन्धान
काठमाडौं । यातायात मजदुर संगठनले सोमबार गरेको आन्दोलनका क्रममा बालाजुमा रहेको ल्होत्से मलमा तोडफोड र लुटपाट भएको छ । मलभित्र रहेका मोबाइल पसल फोडी खुल्लमखुल्ला लुटपाट गरिएको हो ।
सो क्रममा लुटेका भिडिओ फुटेज सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यातायात मजदुरहरुले सो क्रममा बालाजु प्रहरी वृत्तका दुईवटा गाडी नै जलाइदिएका थिए भने सोही क्रममा ल्होत्सेमलमा आक्रमण भएको थियो । सोसँगै ल्होत्से मलका सिसा फुटेका छन् ।
मलभित्र मोबाइल पसल सञ्चालन गर्ने व्यवसायी अर्जुन चालिसेले लुटपाटमा आठ करोडको क्षति भएको बताए । उनका अनुसार यो प्रारम्भिक क्षति अनुमान हो । लुटपाटपछि मंगलबार पत्रकार सम्मेलन गरेका व्यवसायीले सरकारसँग आठ करोड क्षतिपूर्ति भरिदिन माग गरेका छन् । नेपाल मोबाइल व्यवसायी महासंघका उपाध्यक्ष समेत रहेका चालिसेले पत्रकार सम्मेलन गर्दै उक्त माग गरेका हुन् । त्यसमा अन्य मोबाइल व्यवसायीहरुले समर्थन गरेका छन् ।
मलभित्र ओप्पो, सामसङ लगायतका मोबाइल पसल रहेका छन् । तिनै पसलमा आन्दोलनका नाममा लुटपाट गरिएको हो । आन्दोलनकारीले पसलको सटर खोलेर मोबाइल लुटेर लगेको भिडिओ फुटेजमा देखिएको छ ।
यता नेपाल प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीका गाडी जलाइएको र मोबाइल पसलमा भएको लुटपाटबारे काठमाडौं प्रहरी परिसर, उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान सुरु गरेको हो । सीसीटिभी फुटेज अध्ययन गरिरहेको प्रहरीले दोषीलाई चाँडै पक्राउ गर्ने जनाएको छ ।
काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार हाल प्रमाण संकलन भइरहेको र पहिचान हुने सबैलाई क्रमशः पक्राउ गर्दै जाने तयारी गरिएको छ । यसैबीच, घटनापछि उपत्यका प्रहरी कार्यालय बालाजु वृत्तका इन्चार्ज डीएसपी रविन विष्टलाई उपत्यका प्रहरीमा झिकाएर उनको स्थानमा मनोजजित कुँवरलाई पठाएको छ ।
यता उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दोषीलाई कारबाही गर्न निर्देशन दिएका छन् । मंगलबारमात्रै यातायात मजदुरसँग सरकारले वार्ता गरेको थियो । सो क्रममा पक्राउ परेका मजदुरलाई छाड्ने सहमति भएको छ । मजदुरहरुले प्रहरीले जरिवाना बढाएकोलगायतका माग राखी आन्दोलन गरेका थिए । सहमतिपछि मंगलबार सार्वजनिक यातायात बन्द गरेका उनीहरुले सोही दिन यातायात सञ्चालन गर्ने निर्णय गरेका थिए । यद्यपि मंगलबार नगन्य रुपमा सार्वजनिक यातायातका सवारीसाधन चलेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रमको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रस्ताव
- मङ्सिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
- ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो
- नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यकोे महत्व छ: मन्त्री शाही
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
- पूर्वसभामुख ढुङ्गानाप्रति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
- प्रधानमन्त्री ओलीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
- आर्जन सहकारीको सम्पूर्ण सूचक सकारात्मक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया