बैंकिङ क्षेत्रमा निक्षेप र कर्जा दुवै बढ्यो
काठमाडौं । बैंकिङ क्षेत्रको कुल निक्षेप रकम झण्डै १० प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो छ महिनाको अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेप रकम नौ दशमलव चार प्रतिशतले बढेर ५२ खर्ब ९७ अर्ब ९० करोड रुपैयाँ पुगेको हो । निजी क्षेत्रतर्फ प्रवाह गरेको कर्जा रकम भने चार प्रतिशतले बढेर ४७ खर्ब ५८ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकका अनुसार २०७८ असारदेखि निक्षेपको तुलनामा कर्जाको वार्षिक विन्दुगत वृद्धिदर उच्च रहेकोमा २०७९ असोजबाट निक्षेपको वृद्धिदर अधिक देखिएको हो । २०७९ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः सात दशमलव आठ प्रतिशत, २५ दशमलव छ प्रतिशत र ६० दशमलव चार प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः आठ दशमलव पाँच प्रतिशत, ३० दशमलव तीन प्रतिशत र ५४ दशमलव चार प्रतिशत रहेको थियो । चालू आवको पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६ दशमलव छ प्रतिशत रहेको छ । २०७८ पुस मसान्तमा यस्तो निक्षेपको अंश ३९ दशमलव नौ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा २०७९ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा चार प्रतिशतले बढेको छ । २०७९ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४ दशमलव नौ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५ दशमलव एक प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४ प्रतिशत र ३६ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह दुई दशमलव आठ प्रतिशतले, विकास बैंकहरुको चार दशमलव नौ प्रतिशतले र फाइनान्स कम्पनीहरुको एक दशमलव छ प्रतिशतले बढेको छ ।
बैंकिङ क्षेत्रमा लगानीमा रहिरहेको कर्जामध्ये चालू आवको पुस मसान्तसम्ममा ६७ दशमलव दुई प्रतिशत कर्जा घरजग्गाको धितोमा र १२ दशमलव दुई प्रतिशत कर्जा चालू सम्पत्ति अर्थात् कृषि तथा गैर–कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ । २०७८ पुस मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६ दशमलव पाँच प्रतिशत र १२ दशमलव छ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७९/०८० को छ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा तीन दशमलव सात प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा आठ दशमलव चार प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा तीन दशमलव एक प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा आठ दशमलव दुई प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा तीन दशमलव नौ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा चार दशमलव छ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा एक दशमलव तीन प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १० दशमलव सात प्रतिशतले, अधिविकर्ष कर्जा आठ दशमलव तीन प्रतिशतले, डिमान्ड तथा चालू पुँजी कर्जा चार प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) एक दशमलव चार प्रतिशतले बढेको छ । यस अवधिमा ट्रष्ट रिसिट अर्थात् आयात कर्जा आठ दशमलव छ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा सात प्रतिशतले र हायर पर्चेज कर्जा आठ दशमलव सात प्रतिशतले घटेको राष्ट्र बैंकको भनाइ छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन विवाद समाधान गर्न विज्ञ समिति गठन ।
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया