मेलम्चीको खानेपानी वितरण सञ्जालको अन्तिम परीक्षण सुरु
क्लोरिन मिसाइएको पानी पठाइने भएकोले प्रयोग नगर्न आग्रह
काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले मेलम्चीको खानेपानी वितरण सञ्जालको अन्तिम परीक्षण सुरु गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा बिच्छ्याइएका खानेपानी वितरण सञ्जालका नयाँ खानेपानी पाइपलाइनमध्ये प्रारम्भिक परीक्षण सम्पन्न भएका पाइपलाइनको अन्तिम परीक्षण कार्य बिहीबारदेखि सुरु भएको हो ।
उपत्यकाका चक्रपथभित्रका अधिकांश क्षेत्रमा बिच्छ्याइएका एक हजार १० किलोमिटर खानेपानी पाइपलाइनमध्ये प्रारम्भिक परीक्षण सम्पन्न भएका करिब पाँच सय ५० किलोमिटर पाइपलाइनको चरणबद्धरूपमा अन्तिम परीक्षण गर्ने पीआईडीले जनाएको छ । अहिले काठमाडौंका गौशाला, पुरानो बानेश्वर, सूर्यविक्रम ज्ञवाली सडक र पिङ्गलास्थानमा रहेका सात सय एक घरमा जडान गरिएका मेलम्चीको खानेपानीका नयाँ पाइपलाइनको अन्तिम परीक्षण कार्य सुरु गरिएको हो । पीआईडीका आयोजना उपनिर्देशक एवं प्रवक्ता ई. चन्द्रकुमार पाँ श्रेष्ठका अनुसार अन्तिम परीक्षण सुरु भएका स्थानका घरहरूमा जडान गरिएका मेलम्चीको खानेपानीका नयाँ पाइपलाइनको परीक्षणका लागि दुई दिन दुई रात अर्थात् ४८ घण्टासम्म खानेपानी पाइपमा अधिक मात्रामा क्लोरिन मिसाइएको पानी राखिने गरिन्छ ।
परीक्षणका लागि पाइपमा राखिएको अधिक क्लोरिन मिसाइएको पानी व्यक्तिगत प्रयोग तथा घरायसी प्रयोजनका लागि समेत हानिकारक हुने भएकाले प्रयोग नगर्न र परीक्षण अवधिभर धारा नखोली नयाँ पाइपलाइनको अन्तिम परीक्षणमा सहयोग गर्न समेत पीआईडीले आग्रह गरेको छ । अन्तिम परीक्षणको अवधिमा कसैले धारा खोलेमा परीक्षण असफल हुने र पुनः परीक्षण गर्नुपर्ने अवस्था सिर्जना भई मेलम्चीको खानेपानीको नियमित आपूर्ति समेत अवरूद्ध हुने पीआईडीले जनाएको छ ।
पीआईडीका अनुसार पहिलो चरणअन्तर्गत नै यही फागुन ७ गते बालाजुको खुशीबु क्षेत्रका चौमती पुल, इन्द्रायणी मन्दिर हुँदै लिङ्क रोड, सोह्रखुट्टे, मेडिकल चोक, लिङ्क मार्ग, नर्सरी चोक र गीताञ्जली चोकका छ सय ९७ घरमा जडान गरिएका नयाँ खोपानी पाइपलाइनको अन्तिम परीक्षण कार्य सुरु गरिनेछ । यसैगरी, यही फागुन ९ गते कोटेश्वरका नरेफाँट तथा जडीबुटी चोक र फागुन १० गते गौशाला, वाग्मती पुल, तिलगङ्गा, एयरपोर्ट, शम्भुमार्ग र वाग्मती कोरिडोर क्षेत्रका घरहरूमा मेलम्चीको खानेपानी पाइपलाइनको अन्तिम परीक्षण प्रारम्भ गर्ने कार्यक्रम रहेको छ ।
पीआईडीले अन्तिम परीक्षण सफल भएका नयाँ पाइपलाइनको स्वामित्व क्रमिकरूपमा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गर्दै जाने र बोर्डले नयाँ पाइपलाइनबाट मेलम्चीको खानेपानी वितरण, पाइपलाइनको मर्मत सम्भार र व्यवस्थापनको जिम्मेवारी काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई दिने व्यवस्था रहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन विवाद समाधान गर्न विज्ञ समिति गठन ।
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया