Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारस्टकमा ५३ अर्ब १४ करोडको सेयर सूचीकृत

स्टकमा ५३ अर्ब १४ करोडको सेयर सूचीकृत


काठमाडौं, चैत ३
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा चालू आर्थिक वर्षको छ महिनाको अवधिमा ५३ अर्ब १४ करोड रुपैयाँबराबरको सेयर सूचीकृत भएका छन् । नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्षको छ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार यस अवधिमा १५ अर्ब ४६ करोडबराबरको डिबेन्चर, १४ अर्ब ३३ करोडबराबरको बोनस सेयर, १० अर्ब ५६ करोडबराबरको साधारण सेयर, पाँच अर्ब ७५ करोड बराबरको म्युचुअल फण्ड, दुई अर्ब ५६ करोडबराबरको हकप्रद सेयर र चार अर्ब ४७ करोडबराबरको अन्य गरी कुल ५३ अर्ब १४ करोडबराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १६ अर्ब ५० करोडबराबरको डिबेन्चर, दुई अर्र्ब ४७ करोडबराबरको हकप्रद सेयर, एक अर्बको म्युचुअल फण्ड र ३४ करोडको साधारण सेयर गरी २० अर्ब ३१ करोडबराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ । राष्ट्र बैंकका अनुसार २०७५ पुस मसान्तमा ११ सय ७८ विन्दुमा रहेको नेप्से सूचकांक २०७६ पुस मसान्तमा १२ सय ६३ दशमलव चार विन्दु कायम भएको छ । २०७६ असार मसान्तमा यस्तो सूचकांक १२ सय ५९ रहेको थियो । धितोपत्र बजार पँुजीकरण वार्षिक विन्दुगत आधारमा १२ दशमलव एक प्रतिशतले वृद्धि भई २०७६ पुस मसान्तमा १६ खर्ब १० अर्ब ६९ करोड कायम भएको छ । राष्ट्र बैंकका अनुसार २०७६ असार मसान्तमा बजार पुँजीकरण १५ खर्ब ६७ अर्ब ५० करोड रहेको थियो । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७६ पुस मसान्तमा दुई सय १२ रहेको छ ।

राष्ट्र बैंकका अनुसार नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये एक सय ४९ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३२ जलविद्युत् कम्पनी, १९ उत्पादन र प्रशोधन उद्योग, ४/४ होटल तथा व्यापारिक संस्था र चार अन्य समूहका रहेका छन् । २०७६ असारमा सूचीकृत कम्पनीहरूको संख्या दुई सय १५ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ७९ दशमलव तीन प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत् कम्पनीकोे हिस्सा छ दशमलव तीन प्रतिशत, उत्पादन र प्रशोधन उद्योगको हिस्सा तीन दशमलव सात प्रतिशत, होटलको हिस्सा एक दशमलव छ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा शून्य दशमलव तीन प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा आठ दशमलव आठ प्रतिशत रहेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७६ पुस मसान्तसम्ममा सूचीकृत चार अर्ब ६२ करोड सेयर संख्याको चुक्ता मूल्य चार खर्ब ५२ अर्ब ५३ करोड रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x