सुबास बस्नेत
दोलखा, चैत ३
साताको शुक्रबार र सनिबार भरिभराउ हुने चरीकोट अहिले विश्वमा फैलिएको कोरोना भाइरसको कारण सुनसान बनेको छ । कालिञ्चोक मन्दिर, भीमेश्वर मन्दिर, जिरीलगायतका पर्यटकीय स्थानमा घुम्न आउने पर्यटकको संख्या अहिले भने ठप्प प्राय छ । हिउँ पर्नेबित्तिकै हिउँ खेल्नको लागि दोलखा ओहिरिने पर्यटकहरू चैतको पहिलो शनिबार कालिञ्चोकमा भारी हिमपात हुँदासमेत कोरोना त्रासले घुम्न गएनन् । कालिञ्चोकमा मंसिर अन्तिम सातादेखि हिमपात सुरु भएको थियो । त्यसयता हरेक साताझैँ हिमपात भइरहँदा पर्यटकहरूको आगमन व्यापक भइरहेको थियो । कालिञ्चोक कुरीका होटल व्यवसायी चन्द्रकुमार लामाका अनुसार डेढ हप्तादेखि पर्यटकहरूको आगमन ह्वात्तै घटेको छ ।
शनिबार स्थानीयसहित कालिञ्चोकमा करिब दुई सय पर्यटक पुगेको होटल सुनपातीका विमल ओझाले बताए । कोरोना भाइरसको हल्लाले अपेक्षाकृत पर्यटक नआएको व्यवसायी ओझाको भनाइ छ । हिमपात र बिदाको मौसममा अरु बेला ५/७ हजार पर्यटक कालिञ्चोक पुग्ने गरेकोमा शनिबारबाट तीनदिन लगातार बिदा तथा हिमपात हुँदासमेत हजार पर्यटक पनि कालिञ्चोक नपुगेको कुरीका होटल व्यवसायीहरूको भनाइ छ ।
कालिञ्चोकमा हिमपात नभएको बेलामा समेत बिदाको दिन दुई/तीन हजार पर्यटक पुग्ने गरेका छन् भने हिमपातको बेला बिदा प-यो भने पाँच/सात हजार पर्यटक पुग्ने गरेका छन् । कालिञ्चोकको कुरीमा करिब ६० वटा सुविधासम्पन्न होटलहरू रहेका छन् । तीन हजारभन्दा बढी पर्यटक अट्ने क्षमता भएका होटलहरू कोरोना भाइरसको आतङ्कपछि अहिले सुनसानजस्तै भएको स्थानीय होटल व्यवसायीहरूको गुनासो छ । सदरमुकाम चरीकोटमा पनि पर्यटकहरू अत्यन्त न्यून मात्रामा आउने गरेको भीमेश्वर पर्यटन विकास परिषद् दोलखाका अध्यक्ष देवकृष्ण थापाले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट
- सिप्रदीको म्याक स्टार नाइट कार्यक्रम
- टिकटक र चाइल्ड सेफनेटको सहकार्य
- बस सेवाको शतप्रतिशत क्यासब्याक अफर
- ‘ब्ल्याक सार्क’ नेपाल भित्रिने अन्तिम तयारीमा
- (रास्वपा)का नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्दा न्यायाधीशद्वय शर्मा र निरौलाको संयुक्त इजलासमा
- ज्योति विकास बैंक सम्मानित
- मानव तस्करीमा मुछिएका ११ जना विरुद्ध मुद्दा पूर्वमन्त्री अधिकारीलाई उन्मुक्ति !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया