Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारशाक्यको गुण एयरलाइन्स बन्द

शाक्यको गुण एयरलाइन्स बन्द


काठमाडौं,डिजेन्द्र भनिने राजेन्द्र शाक्यले सञ्चालन गरेको गुण एयरलाइन्सका सबै उडानहरु रोकिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकारणको हस्तक्षेपपछि सोमबारदेखि गुण एयरलाइन्सका सातवटै विमानका उडान रोकिएका छन् ।

शाक्यले एयरलाइन्सका कर्मचारीलाई महिनौँदेखि तलब भत्ता दिएका छैनन् । विना तलब भत्ता महिनौँ काम गर्दा कर्मचारीको असन्तुष्टि बढ्दै गएकाले त्यसको मनोवैज्ञानिक असर उडानमा पर्न नदिन प्राधिकरणले एयरलाइन्स उडानमा हस्तक्षेप गरेर रोकेको हो ।
गुण बहुउद्देश्यीय सहकारीदेखि गुण समूहका नाममा खोलिएका सबै व्यापारिक प्रतिष्ठानमा आफ्ना सदस्य र व्यवसायीहरुलाई ठग्दै आएको आरोप शाक्यमाथि लाग्दै आएको छ ।

गुण सहकारी टाट उल्टिएपछि भाग्दै र बचत कर्ताहरुलाई छल्दै आएका शाक्यले पछिल्लो समय निकै रहस्यमय ढंगले केही व्यापारिक मल र टावरहरु सञ्चालन गर्दै आए पनि ती संरचनाको निर्माण प्रयोग भएका सामानको समेत रकम भुक्तानी नगरेर भाग्दै हिँडेको पीडितहरुको गुनासो छ ।

पछिल्लो समय सिम्रिक एयरका थोत्रा विमान भाडामा लिएर गुुण एयरलाइन्स सञ्चालन गरिरहेका शाक्यले सहकारीका बचतकर्ताहरुको रकम अझै फिर्ता गरेका छैनन् र त्यसबाट कारबाहीमा परिने डरले शक्तिका दलालहरुसँग टाँसिने प्रयास गर्दै आएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया