कृषिजन्य वस्तु आयात रोक्न संघ सरकारकै बेवास्ता
काठमाडौं,मुलुकको आर्थिक विकासमा ठूलो बाधकको रुपमा आयात व्यापारलाई लिने गरेको पाइन्छ तर आयात व्यापारलाई रोक्नको लागि सरकार अर्थात् संघीय सरकारले कृषि तथा उत्पादन क्षेत्रमा आवश्यक लगानी गरेको पाइँदैन ।संघीय सरकारले कृषिलाई बेवास्ता गर्दा कृषिजन्य उत्पादनका दैनिक उपभोग्य सामग्री तथा औद्योगिक कच्चा पदार्थ आयात गर्नुपर्ने अवस्था छ ।
तर यसलाई रोक्न संघीय सरकारले आवश्यक कदम चालेको छैन जसले गर्दा वित्तीय क्षेत्र अर्थात् सहकारी क्षेत्र पनि कृषि क्षेत्रमा लगानी गरेर जोखिम मोल्न चाहँदैन । त्यसैले गर्दा संघीय सरकारले कृषि क्षेत्रलाई उपेक्षा गरेको कारण सहकारीहरु पनि यस क्षेत्रमा लगानी गर्न हिच्किचाउने गरेको यस क्षेत्रका जानकारहरु बताउँछन् ।
२०७२ सालमा उत्पादनमा जोडिएको काहुँकोट बहुउद्देश्यीय सहकारीले पछिल्लो समयमा आएर कृषि र दुग्ध फर्म सञ्चालन गर्न कठिन हुँदै गएको जनाएको छ । जमिन बाँझो राख्ने र गाईभैँसी पाल्न सदस्यहरुले छोड्दै गएको कारण कृषि तथा पशुमा गरिएको लगानी जोखिममा पर्दै गएको सहकारीका सचिव दिपक प्रकाश आचार्यले आर्थिक दैनिकलाई बताए ।
‘३१ जना सदस्यबाट सुरु गरिएको सहकारीमा हाल १५ सयभन्दा बढी सदस्यहरु रहेका छन् उनीहरुलाई कृषि क्षेत्रसँग जोड्न खोजेका हौँ तर सकेका छैनौँ’, सचिव आचार्यले भने, ‘सदस्यहरु कृषिलगायतका उत्पादनसँग जोडिन नचाहनु भनेको यस क्षेत्रबाट प्राप्त हुने आम्दानीको अपर्याप्तता, लगानी जोखिम कायमै, राज्यले आर्थिक सुरक्षा नदिनु हो, जसले गर्दा यहाँ उत्पादन हुने वस्तुहरुमा समेत कमी हुँदै गएको छ ।’
नेपाली नागरिकको जनजीवन भनेको पेशा भनेको कृषि पेशाबाट अछूतो रहेको छैन । त्यसैले पोखरा ११ काहुँ, कास्कीमा रहेको यो सहकारीका करिब अधिकांश सदस्यहरु पनि कृषि तथा पशुपालनसँग जोडिएका व्यक्तिहरु छन् । तर पछिल्ला वर्षहरुमा राज्यले यसलाई संरक्षण गर्न नसक्दा सदस्यहरु पलायन भएको पाइन्छ । कृषि तथा पशुपालनको साटो वैदेशिक रोजगारी तथा अन्यत्र पलायन हुने अवस्था रहेको उनीहरुको भनाइ छ ।
यसैबीच पोखरा रोयल बचत तथा ऋण सहकारीले पनि कृषिमा कुल रकमको १५ प्रतिशत लगानी गरेको जनाएको छ । जुन लगानीहरुमध्ये सबैभन्दा कमी हो । पोखरा पर्यटक क्षेत्र भएको हँुदा व्यवसाय सञ्चालनका साथै घर जग्गा र विदेश जानेका लागि सहकारीले लगानी गर्दै आएको सहकारीका प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङले बताए ।
‘व्यवसाय, विदेश अध्ययनको लागि लगानी हुँदै आएको छ त्यो पनि सदस्यहरुको हो’, उनले भने, ‘सदस्यहरु नै कृषिमा लगानी गर्न तयार नहुँदा सहकारीले गर्नसकेको छैन तर पनि हाम्रो चाहना भने कृषिमा लगानी वृद्धि गर्दै लैजाने रहेको छ । आगमी दिनहरुमा यसमा बढोत्तरी गर्ने उद्देश्य रहेको छ ।’
लाहुरेको सहर पनि भएको हुँदा पोखराका नागरिकहरु विभिन्न उद्देश्य लिई विदेश जानेको संख्या बढी हुँदा लगानी अर्थात् ऋण पनि त्यसैका लागि माग भएको पोखरा महानगरपालिका १० बुद्धचोकमा अवस्थित सहकारीले जनाएको छ । अध्ययन तथा रोजगारीका लागि विदेशिने बढ्नु र सोहीको लागि कर्जा लिने आउने बढ्नु भनेको चिन्ताको विषय भएको प्रमुख कार्यकारी अधिकृत गुरुङले आर्थिक दैनिकलाई बताए । कृषिमा १५ प्रतिशत तथा विदेश जोनमा १६ प्रतिशत कर्जा प्रवाह भएको उनको भनाइ छ ।
दुग्ध उत्पादनमा विशेष जोड दिँदै आएका बाग्लुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेड पनि कृषितर्फ जानसकेको छैन भने दुग्ध उत्पादन तथा वितरणको व्यवसाय सञ्चालन नै समस्यारहित भएको सहकारीले जनाएको छ । सहकारीका अध्यक्ष दिपक गौतमले पराल तथा दानाहरु ढुवानी गर्दा लागत बढ्ने हुँदा सहकारीद्वारा सञ्चालित डेरी सञ्चालन गर्न समस्या भएको बताए । अर्कोतर्फ बजारमा प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ सरकारी सहयोग छैन जसले थप मारमा परेको उनले बताए ।
‘४० हजारको पराल ढुवानी गर्न ४२ हजार लाग्छ यसका साथै सुरुवाती समयमा निजी क्षेत्रले बजारमा समस्या उत्पन्न गर्दा डेरीबाट उत्पादित दूध नालीमा फ्याँक्न बाध्य भयौँ’, उनले भने, ‘बजार समेत सानो रहेको छ आन्तरिक बजारभन्दा बाहिर जानसकेका छैनौँ ।’बाग्लुङ बजारको दैनिक माग भनेको करिब सात हजार लिटर रहेकोमा सहकारीले करिब चार हजार लिटर दूध परिपूर्ति गर्दै आएको छ ।
सहकारीले एक सय २० रुपैयाँ प्रतिलिटर दूध बिक्री गर्दै आएको छ, जसको २२ प्रतिशत रकम सहकारीमा जम्मा हुन्छ भने बाँकी रकम कृषकको खातामा संकलन हुन्छ । सहकारीमा १४ वटा संस्थाका एक हजरा पाँच सय जना बढी किसानहरु आबद्ध छन् । सहकारीले दैनिक दुई हजार पाँच सयदेखि तीन हजार लिटर दूध संकलन गर्दै आएको छ ।
अनुदान, कर्जा सहुलियत, बजार व्यवस्थापनमा भने संघ, प्रदेश र स्थानीय सरकारको सहयोग नभएको बताइएको छ । ‘हालसम्म अर्थात् संघीयता अघि र पछि सहकारीले अनुदान लिएको छैन’, अध्यक्ष गौतमले भने, ‘आफैँले उत्पादन, बजारीकरण गर्दा पनि उत्पन्न समस्याहरु समाधानका लागि संघ र स्थानीय सरकारको समेत सहयोग प्राप्त भएको छैन । त्यसैले आफ्नै मिहिनेतले सहकारी अघि बढाउँदै लगेका छौँ । किसानलाई पनि सन्तुष्ट बनाउने प्रयासमा लागेका छौँ ।’
बाग्लुङ नगरपालिका २ मा अवस्थित सहकारीले दूधको बजार सानो भएसँगै दूधलाई घ्यू, छुर्पीजस्तो उत्पादनमा परिणत गर्दै आफ्नो उत्पादन अमेरिकी बजारसम्म पु¥याउनसकेको छ । विशेष गरी छुर्पी काठमाडौंको एजेन्ट हुँदै अमेरिकी बजारमा पुग्ने गरेको छ ।यसैबीच सहकारीहरुले असहज परिस्थितिका बाबजुद पनि कृषि तथा दुग्धजन्य पदार्थमा लगानी गर्दै आए पनि राज्यले त्यसको उचित सम्बोधन गर्नसकेको छैन ।
यदि राज्य तथा सरकारले कृषि तथा उत्पादन क्षेत्रमा सहकारीलाई अघि बढाउने हो भने सहकारीहरु अझै अब्बल भन्दै जाने उनीहरुको भनाइ छ । सदस्यहरुबाट रकम बचत गर्नुको साथै लगानी सुनिश्चित गरेको खण्डमा भान्सामा दैनिक प्रयोग हुने सामग्री आयात गर्न नपर्ने उनीहरुको दाबी रहेको छ । आर्थिक उत्तरदायित्वअन्तर्गत सहकारीले बचत, ऋण प्रवाह, सेयर वितरण, लगानी विस्तारलगायतका कामहरु गर्दै आएको छ भने लगानी विस्तारमा भने राज्यले संरक्षकको भूमिका निर्वाह गर्नु आवश्यक रहेको पाइन्छ । जसले मुलुकको व्यापारघाटामा समेत प्रभाव पार्ने उनीहरुको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया