Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकलंकी–महाराजगञ्ज सडक विस्तारको काम चाँडै सुरु हुन्छ : मन्त्री श्रेष्ठ

कलंकी–महाराजगञ्ज सडक विस्तारको काम चाँडै सुरु हुन्छ : मन्त्री श्रेष्ठ


काठमाडौं । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी  श्रेष्ठले कलंकी–महाराजगञ्ज सडक खण्डको चक्रपथ विस्तारको काम चाँडै नै शुरु हुने बताएका छन् ।

बिहीबार मन्त्री श्रेष्ठसहित नेपालका लागि चिनियाँ राजदूत छन सङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले गरेको उक्त सडक खण्डको समस्या देखिएका क्षेत्रको स्थलगत अनुगमनपछि उनले सो कुरा बताएका हुन् ।

यो सडकखण्डमा केही समयदेखि विस्तारको काम सुरू गरे पनि केही ठाउँमा काम अघि बढ्न सकिरहेको छैन । मन्त्री श्रेष्ठले चिनियाँ राजदूत छन सङसँग मन्त्रालयमा छलफल गरी छिटोभन्दा छिटो काम अघि बढाउने सहमति भएको बताएका छन् ।

उनले सो सडकखण्डमा भएका समस्याहरुको समाधान भइसकेको र अब निर्वाध रुपमा सडक विस्तार गर्ने काम सुरु हुने प्रतिवद्धता जनाएका छन् । बिजुलीका पोल र सडक छेउमा रहेका मन्दिरहरु अर्को ठाउँमा बनाउने तयारी गरेर तदारुकताका साथ काम शुरु गर्ने तयारी रहेको उनले बताए ।

 


क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश, समाचार

तपाईको प्रतिक्रिया