सङ्घीयता कार्यान्वयनमा आमसञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका : मन्त्री मोदी
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीयता कार्यान्वयनमा आमसञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)को ‘युके पत्रकारिता सम्मान तथा पुरस्कार’ कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले भने, “लोकतन्त्र र प्रजातन्त्रका लागि राजनीतिक आन्दोलनमा पत्रकारको ठूलो भूमिका थियो । अब देशको सुशासन र सङ्घीयताको कार्यान्वयनका लागि पनि आम सञ्चारमाध्यमको भूमिका उत्तिकै महत्वपूर्ण छ ।”
उनले जनजाति समुदायका सवाल र मुद्दा विषय उठान गर्न पत्रकारबीच एकता कायम गर्न फोनिजलाई सुझाव दिए । “आदिवासी जनजाति राज्य सञ्चालन र सिकाइका कुरामा अझै पछि छौँ । हाम्रा भाषाशैली फरक हुनसक्छ तर मूल उद्देश्य समाजको विकास नै हो । तपाईहरुको सुझाव र सहकार्यबाट नै यो उद्देश्य हासिल गर्न सम्भव छ”, उनले रासससँग भने । उनले त्यसका लागि सम्बन्धित मन्त्रालयसँगको समन्वयमा फोनिजलाई सहयोग गर्ने आश्वासनसमेत दिए ।
फोनिजका अध्यक्ष गजुरधन राईले जाति र समुदाय विशेष पत्रकारलाई मात्र नर्भर समुदायको हकहितका लागि लेख्ने सबै पत्रकारलाई सम्मान गरिँदै आएको बताए । उनले भने, “यो पुरस्कारले जनजातिका विषयमा कलम चलाएकालाई प्रोत्साहन गर्नेछ । पुरस्कारका लागि पत्रकार यही समुदायको हुनुपर्छ भन्ने होइन, उहाँको योगदानको कदर हुनेहो ।”
कार्यक्रममा पत्रकारिताको माध्यमबाट आदिवासी जनजाति समुदायको उत्थान, समाज र राष्ट्रका निम्ति योगदान पु¥याएको जनाउँदै दुई पत्रकारलाई सम्मान र पुरस्कृत गरिएको थियो । ‘फोनिज युके पत्रकारिता पुरस्कार २०२२’ बाट रेडियो नेपालमा तामाङ भाषाकी समाचारजाचिका रमिता लामा र नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठलाई नगद रु. २५ हजारसहित सम्मान गरिएको थियो । फोनिजले अहिलेसम्म दश पत्रकारलाई पुरस्कृत गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- फरवार्ड लघुवित्तको साधारणसभा
- नेसनल लघुवित्तको साधारणसभा आह्वान
- नबिल बैंकको साधारणसभा आह्वान
- बैंकहरूमा एक अर्ब २७ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- स्तरोन्नतिको चुनौती सामना गर्न उद्यममा नवप्रवर्तन आवश्यक
- वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा ज्ञवाली
- कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा जोड
- गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा १६ जना उम्मेदवार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया