ढुवानी व्यवसायीको समस्या समाधान गर्न ध्यानाकर्षण
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले ट्रक ढुवानी व्यवसायीको समस्याबारे सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकको विशेष समयमा उनले भारतीय ट्रक निर्वाधरुपमा मुलुकका विभिन्न भूभागमा घुम्ने गर्दा नेपाली ट्रक व्यवसायी अहिले मारमा परिरहेको बताए ।
उनले भारतीय गाडीले उतैबाट ढुवानी गरेर ल्याउने र नेपालभित्र सबै ठाउँमा सोही गाडी घुम्ने अवस्था रहेको भन्दै भारतीय गाडीलाई भन्सार नाकामै अनलोड गरेर फर्किंने व्यवस्था मिलाउन माग गरे । विपद् व्यवस्थापनको सम्भावित जोखिम नियन्त्रणका लागि सरकारी संयन्त्रलाई तयारी अवस्थामा राख्न पनि सांसद नेपालीले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।
राससका अनुसार सोही पार्टीका सांसद बीना लामाले धादिङको उत्तरी खण्डको सडक स्तरोन्नति गर्न माग गरे । उनले रुविभ्याली गाउँपालिकाका कतिपय क्षेत्रका जोखिमपूर्ण बस्ती स्थानान्तरण गर्न पनि ध्यानाकर्षण गराए ।
उनले भौगोलिक विकटता र स्थानीय आवश्यकताका आधारमा बजेट विनियोजन गरिनुपर्नेसमेत माग गरे । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद रेखा यादवले संसद्मा अड्किएका विधेयक चाँडो अघि बढाइनुपर्ने माग गरे । लघुवित्तको ठगी नियन्त्रण र पीडितलाई राहत दिन सरकारको ध्यानाकर्षण गरे । कृषकलाई कृषक परिचयपत्रको व्यवस्था गरी मलखाद्य र सिँचाइको सुनिश्चितता गराउनेतर्फ सम्बन्धित निकायलाई सक्रिय बनाउन उनले आग्रह गरे ।
नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले आयात निर्यातका वस्तुको सूची बनाएर ढुवानी तथा निकासी सहज तुल्याइनुपर्नेमा जोड दिए । उनले बैंक तथा वित्तीय क्षेत्रको पुनः संरचना गरी दूरदराजका जनताको पहुँचमा पु-याइनुपर्ने खाँचो औँल्याए । सांसद चौधरीले पेट्रोलियम पदार्थको विकल्प खोजेर विद्युतीय सवारी सञ्चालनका लागि करछुटलगायतका सुविधा दिएर यसको खपतमा आकर्षण गरिनुपर्ने माग गरे ।
जनमत पार्टीका सांसद अनिताकुमारी सिंहले तराई–मधेसका सरकारी विद्यालयमा आवश्यक शिक्षक दरबन्दी नहुँदा शैक्षिकसत्र अवरुद्ध भएको र शैक्षिक स्तर पनि खस्कँदो अवस्थामा रहेको भन्दै सभामुखमार्फत सरोकारवाला निकायको ध्यानाकर्षण गराइन् ।
क्याटेगोरी : समाचार, संसद समाचार
ताजा अपडेट
- फरवार्ड लघुवित्तको साधारणसभा
- नेसनल लघुवित्तको साधारणसभा आह्वान
- नबिल बैंकको साधारणसभा आह्वान
- बैंकहरूमा एक अर्ब २७ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- स्तरोन्नतिको चुनौती सामना गर्न उद्यममा नवप्रवर्तन आवश्यक
- वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा ज्ञवाली
- कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा जोड
- गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा १६ जना उम्मेदवार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया