रुकुम पूर्वमा कोभिडको बुस्टर मात्रा आजदेखि
रुकुम (पूर्व)। रुकुम (पूर्व)मा आजदेखि कोभिड–१९ विरुद्धको ‘फाइजर वायोभाइलेन्ट’ खोपको बुस्टर डोज लगाइँदै छ। पहिलो चरणमा जिल्लाको सिस्ने गाउँपालिका–५ र ६ वडाका ५५ वर्षमाथिका नागरिक, कर्मचारी, सुरक्षाकर्मी तथा व्यापार व्यवसायीलाई खोप लगाइने भएको छ ।
खोप कार्यक्रम १४, १५ र १६ गते तीन दिनसम्म चल्ने स्वास्थ्य कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ। यसअघि कोभिड–१९ को पहिलो, दोस्रो मात्रा पूरा गरी पहिलो बुस्टर मात्रा लगाउन छुटेका तथा पहिलो बुस्टर मात्रा लगाई छ महिना अवधि पुगेका ५ र ६ नं वडाका ५५ वर्षमाथिका सबै नागरिकलाई खोप लगाइने स्वास्थ्य कार्यालयका सूचना अधिकारी एवं ल्याब टेक्निसियन निमप्रसाद गिरीले बताए। उनका अनुसार स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, गर्भवती, १२ वर्षमाथिका दीर्घ रोगी, रोग प्रतिरक्षा शक्ति कम भएका व्यक्तिलाई खोप लगाइनेछ ।
यी सबै लक्षित व्यक्तिलाई पहिले खोप लगाएको कार्डसहित उपस्थित हुन आग्रह गरिएको छ । सिस्ने गाउँपालिका–५ को रुमालबारा स्वास्थ्यचौकी, टाकुराको आँखा उपचार केन्द्र नजिकै, रुकुमपूर्व अस्पतालबाट खोप लगाइने छ भने ६ नं वडामा छिप्रीदहको विन्द्यावासिनीको मन्दिर प्राङ्गणबाट खोप लगाइने सूचना अधिकारी गिरीले बताए। छुटेकालाई रुकुमपूर्व अस्पतालबाट खोप लगाइने छ । अहिले जिल्लामा तीन सय ६० भायल वायोभाइलेन्ट खोप आएको छ। अब दोस्रो चरणमा आएको खोप क्रमशः भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकामा लगाइने स्वास्थ्य कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ ।
क्याटेगोरी : प्रदेश समाचार, लुम्न्बिनी प्रदेश, समाचार
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया