Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअपि पावरको साधारणसभाबाट लाभांश र हकप्रद पारित

अपि पावरको साधारणसभाबाट लाभांश र हकप्रद पारित


काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको वार्षिक साधारणसभाले सेयर सदस्यलाई दिने लाभांश र हकप्रद निष्कासनको प्रस्ताव पारित गरेको छ ।

कम्पनीको आइतबार सम्पन्न १९औँ वार्षिक साधारणसभाले सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार हाल कायम चुक्ता पुँजीको ७ दशमलव ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ शून्य दशमलव ३९ प्रतिशत नगद लाभांश गरी कुल ७ दशमलव ८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

यसका साथै, सभाले ७ दशमलव ५ प्रतिशत बोनस सेयर वितरण गरेपश्चात् कायम हुने चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद निष्कासनको प्रस्ताव समेत पारित गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया