Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारस्वदेशी निर्माण कम्पनीहरूले काम पाउने गरी बोलपत्र आह्वान गर्न सेनालाई महासंघको आग्रह

स्वदेशी निर्माण कम्पनीहरूले काम पाउने गरी बोलपत्र आह्वान गर्न सेनालाई महासंघको आग्रह


काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले स्वदेशी निर्माण कम्पनीहरूले काम पाउने गरी राष्ट्रियस्तरको बोलपत्र आह्वान गर्न नेपाली सेनालाई आग्रह गरेको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार प्रधानसेनापति प्रभुराम शर्मालाई भेटी सेनाले अन्तर्राष्ट्रियस्तरको बोलपत्र आह्वान गर्नेगरेको भन्दै राष्ट्रिय स्तरको बोलपत्र आह्वान गर्न आग्रह गरेको हो ।

स्वदेशी निर्माण कम्पनीले काम पाउँदा उनीहरूले आयोजनाप्रति अपनत्व महसुस गर्ने, नेपाली मुद्रा विदेश जानबाट रोकिने र आयोजनाहरू समयमा सम्पन्न हुनेप्रति महासंघ प्रतिनिधिमण्डलले प्रधानसेनापति शर्माको ध्यानाकर्षण गराएका थिए । प्रधानसेनापति शर्माले महासंघको अवधारणालाई सकारात्मक रूपमा लिँदै नेपाली निर्माण कम्पनीहरू पनि आफूले सक्षम पाएको बताएका थिए ।

महासंघको अवधारणा कार्यान्वयनका लागि आफ्नो तर्फबाट सकारात्मक पहल हुने उनले बताए । महासंघ प्रतिनिधिमण्डलमा महासंघका वरिष्ठ उपाध्यक्ष आङदोर्जी लामा (एडी), महासचिव रोशन दाहाल र कार्यालय प्रमुख प्रेम सिंह ऐर सहभागी थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8


तपाईको प्रतिक्रिया