Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारटुङगो लागेन प्रदेश नं २ को नामकरण

टुङगो लागेन प्रदेश नं २ को नामकरण


धनुषा, चैत ५
प्रदेश नं २ को नामकरणको लागि प्रदेशसभामा आज भएको मतदान प्रक्रियामा कुनै पनि नाम स्वीकृत हुन सकेन । प्रदेश २ को नामकरणको लागि दर्ता भएको जानकी, मिथिला भोजपुरा, मध्यमधेस र मधेस प्रदेश गरी चार वटै प्रस्ताव अस्वीकृत भएको हो ।नामकरणका लागि प्रदेशसभामा आज दिनभर भएको मतदानमा पनि कुनै टुङ्गो नलागेपछि प्रदेश नं २ को नामकरण थप अन्योलमा परेको छ । नेकपाले प्रस्ताव गरेको जानकी, नेपाली काँग्रेसले प्रस्ताव गरेको मिथिला भोजपुरा, काँग्रेसका सांसद राजेश्वरप्रसाद साहले प्रस्ताव गरेको मध्यमधेश र सत्तासीन दल समाजवादी पार्टी र राजपाले प्रस्ताव गरेको मधेश प्रदेशमा छुट्टाछुट्टै मतदान भए पनि कुनै प्रस्तावमा दुई तिहाइ मत पुग्न नसकेपछि चार वटै प्रस्ताव फेल भएको हो ।

कूल १०७ सांसद रहेको प्रदेश २ मा दुई तिहाइ बहुमतका लागि ७२ मत आवश्यक पर्छ तर कुनै पनि प्रस्तावको पक्षमा दुईतिहाइ पुग्न सकेन । सत्तारुढ दलले प्रदेश नं २ लाई ‘मधेश प्रदेश’ नामाकरण गर्ने प्रस्तावको पक्षमा ६० मत खसेको छ । विपक्षमा ४६ मत परेको छ भने १ मत बदर भएको छ ।मधेस प्रदेशका लागि सत्तारुढ राजपा र समाजवादीका ५५ र अर्को नेपाल समाजवादी पार्टीका एक जना सांसदले पक्षमा मत खसालेका थिए भने ४ मत काँग्रेस र नेकपाका सांसदले खसालेका थिए । एक मत बदर भएको थियो भने ४६ मत विपक्षमा खसेको थियो ।यसअघि नेकपाको प्रस्तावित नाम जानकीमा ३७ मत मात्र प्राप्त भएपछि सो प्रस्ताव पनि खारेज भएको थियो । काँग्रेसको मिथिला भोजपुरा नामको पक्षमा मात्र २८ मत खसेपछि अस्वीकृत भएको थियो । त्यसैगरी प्रदेश २ को नामकरणको लागि नेपाली काँग्रेसका सांसद राजेश्वरप्रसाद यादवले बागी भएर प्रस्ताव गर्नुभएको मध्य–मधेश नामको प्रस्ताव पनि खारेज भएको थियो । मध्य–मधेश नाम राख्नुपर्नेे प्रस्तावको पक्षमा ४२ मत खसेको थियो ।चारवटै प्रस्ताव फेल भएकाले अब फेरि शुरुदेखि नै प्रक्रियामा जानुपर्ने भएको छ । त्यसको लागि दलहरूले पुनः प्रस्ताव दर्ता गराउनुपर्ने हुन्छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x