काठमाडौं । नेपाल फिलाटेलिक सोसाइटीद्वारा फिलाटेलिक आवरण प्रदर्शनी–२०७९ सुरु भएको छ । नेपाल कला परिषद्, बबरमलमा सोमबारदेखि सुरु भएको उक्त प्रदर्शनीको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले टिकटमा टाँचा लगाई उद्घाटन गरेका हुन् ।
सचिव डा. अर्यालले नयाँ पुस्तालाई नेपालको कला, संस्कृति, हुलाक टिकटप्रति जानकारी दिन तथा अभिरुचि होस् भन्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताए । उनले भने, ‘नेपालको प्राकृतिक सुन्दरता, कला संस्कृति, हुलाक टिकटलाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म पु-याउन सोसाइटीको महत्वपूर्ण भूमिका छ । प्रदर्शनीले पुस्तान्तरणको सन्देश प्रवाह भएको छ ।’
नयाँ पुस्तामा आकर्षण, जानकारीका लागि प्रदर्शनीले टेवा पु-याउने उल्लेख गर्दै सचिव अर्यालले नेपाल र नेपालीले गरेका हुलाकसम्बन्धी पहल फिलाटेलिकको प्रवर्द्धन र निरन्तरताका लागि मन्त्रालय सहयोग गर्न तयार रहेको समेत बताए । सोसाइटीका अध्यक्ष केदार प्रधानले हुलाक सेवा विभागको सहकार्यमा सोसाइटी सञ्चालनमा रहेको उल्लेख गर्दै नेपाली हुलाक टिकट विश्वमा नै परिचित रहेकाले मुलुकको पहिचान अन्तर्राष्ट्रिय क्षेत्रमा समेत रहेको बताए । प्रदर्शनी यही फागुन १७ गतेसम्म सञ्चालन हनेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #page 3
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया