पोखरामा खानेपानी नियमित नभएको गुनासो
अन्नपूर्ण (कास्की) । पोखरा–१७ छोरेपाटनकी अनितादेवी शर्माले घर बनाएको १० वर्षभन्दा बढी भयो । उनले खानेपानीको समस्या झैल्दै आएको पनि त्यति नै भयो । तर, हरेक महिना खानेपानी संस्थान पोखरा कार्यालयमा पुगेर पैसा बुझाउन छाडेकी छैनन् ।
पैसा तिरेर धारामा आएको पानीले उनलाई पुग्दैन् । “घर बनाएको १० वर्ष भयो पानीले कहिल्यै पुग्दैन्”, उनले भनिन्, “मोटर नै लगाएर ताने पनि सानो आउँछ । पु¥याउनै गाह्रो छ ।” उनले खानेपानी संस्थानलाई मासिक रु. एक सय १० बुझाउने गरेको राससलाई बताइन् । त्यसले नपुगेर महिनामा एक ट्याङ्कटर पानी आठ÷नौ सयसम्म तितेर खरिद गर्नुपर्ने उनको भनाइ थियो ।
पोखरामा खानेपानी नियमित नआउने मात्र होइन मिटरमा पनि समस्या छ । पोखरा–१२ की इन्दिरा भण्डारीको घरमा मिटरमा समस्या भयो । मिटरमा समस्या भएकै कारण गएको असोजमा उनकोमा खानेपानीको बिल ५५ हजारको आएको उनले बताइन् । पछि निवेदन दिएपछि पाँच सय रुपैयाँ मात्र तिरिन् । “मिटरमा समस्या भएर असोज महिनाको बिल ५५ हजार आयो । अनि पछि निवेदन दिएपछि पाँच सय मात्र तिरेर आएँ”, उनले भनिन्, “त्यो पछि पनि ३२ हजार आयो अनि फेरि निवेदन दिएर मिलाइयो । अहिले चाहिँ मिलाएको छु । अहिले त महिनामा एक सय १० तिर्छु ।”
सेवाग्राहीले गुनासो गरिरहँदा खानेपानी संस्थानका पोखरा कार्यालय प्रमुख आशिष कार्कीले त्यति धेरै समस्या नरहेको बताए । “पोखरामा पानीको त्यति साह्रै समस्या छैन्”, उनले भने, “समस्या नै नभएको त होइन तर ५० हजार धारामा पाँच÷१० प्रतिशतमा समस्या त हुन्छ नै ।”
संस्थानमा कर्मचारी अभावले केही समस्या भएको प्रमुख, कर्मचारी कम हुँदा धेरै काम गर्न नसकेको उनको भनाइ थियो । पोखराभर एक सयभन्दा बढी स्थानमा लिकेज भएकाले समस्या रहेको उनले बताए । यसका लागि बक्यौता न्यूनीकरण कमिटी गठन गरेर काम गरिरहेको छ ।
डिजिटल रिडिङ डिभाइसमा कर्मचारी पोख्त नहुँदा समस्या भएको प्रमुख कार्कीले बताए । “भर्खरै हामीले डिजिटल रिडिङ डिभाइस ल्याएका छौँ । त्यसमा कहिलेकाहीँ धेरै अङ्क पनि हान्न सकिन्छ”, उनले भने, “यो भनेको मान्छेको गल्ती हो । यस्तो अवस्थामा निवेदन दिएको खण्डमा तत्कालै समाधान गरिन्छ ।”
यहाँ निर्माणाधीन पोखरा खानेपानी सुधार आयोजनाको काम सकिएपछि पनि समस्या धेरै सुधार हुने उनको भनाइ थियो । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० अनुदान सहयोगमा निर्माणाधीन काम ८९ प्रतिशत पूरा भएको उनले बताए । जाइकाको पाँच अर्ब रुपैयाँको अनुदान सहयोगमा सो आयोजना वि.सं. २०७६ देखि पोखरामा सुरु भएको थियो । कोरोनाका कारण काममा ढिलाइ भएकाले हालसालै एक वर्ष म्याद थपिएको उहाँले बताउनुभयो । सन् २०२४ सालसम्म यो आयोजना पूरा भएपछि पोखराको खानेपानी समस्या केही हदसम्म पूरा हुने उनको भनाइ छ ।
क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश, समाचार
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया