Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रदेश १ मा इन्धनको अभाव देखाउँदै पेट्रोलपम्म बन्द

प्रदेश १ मा इन्धनको अभाव देखाउँदै पेट्रोलपम्म बन्द


शंकर लुइँटेल
विराटनगर, चैत ५
नेपाल आयल निगम १ नम्बर प्रादेशिक कार्यालय विराटनगरमा एक सातसम्म पुग्ने पर्याप्त इन्धन भए पनि व्यवसायीहरूले इन्धन अभाव भएको भन्दै पेट्रोलपम्पहरू बन्द गरेका छन् । व्यवसायीहरूले इन्धनमा कृत्रिम अभाव सिर्जना गरेपछि आम उपभोक्ताहरू मारमा परेका छन् । पूर्वका अधिकांश पेट्रोलपम्प सञ्चालकहरूले इन्धन अभाव रहेको बताउँदै पम्प बन्द गरेका छन् । प्रदेश १ को राजधानी विराटनगरका अधिकांश पेट्रोलपम्पहरू बन्द छन् । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे आफैँ सञ्चालक रहेको एवी पेट्रोलियमले दुई दिनअघिदेखि नै पेट्रोलियम पदार्थ बिक्रीवितरण नगरेको उपभोक्ताले बताएका छन् । आंशिकरूपमा खुलेका केही पम्पहरूमा पनि इन्धन भर्ने सवारीको चाप धानिनसक्नुको देखिएको छ ।

पेट्रोल पम्पहरूले आयल निगमबाट पेट्रोलियम पदार्थ खरिद गरेर नलग्दा बजारमा तेलको कृत्रिम अभाव देखिएको नेपाल आयल निगम प्रादेशीक कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख चितरञ्जन दासले जानकारी दिए । उनले नेपाल आयल निगमसँग एक सातासम्म पुग्ने तेल मौज्दात रहेको दाबी गरे । उनका अनुसार मंगलबारसम्म तीन सय १६ केएल पेट्रोल, छ हजार तीन सय १० केएल डिजेल र छ सय ३२ केएल मट्टितेल निगममा मौज्दात रहेको छ । उक्त मौज्दात भएको पेट्रोलियम पदार्थले प्रदेश १ को मागअनुसार एक सातासम्म पुग्ने दासले दाबी गरेका छन् । तर, प्रादेशिक राजधानी विराटनगरका अधिकांश पेट्रोलपम्पले आइतबारदेखि मंगलबारसम्म नै पेट्रोलियम पदार्थको अभाव देखाएर पेट्रोलपम्म नै बन्द गरेका छन् ।

व्यवसायीले दैनिक उपभोग्य वस्तुको अभाव हुनसक्ने त्रास देखाएर पेट्रोल पम्पहरूमा लाइन देखेपछि सर्वसाधारण यसबेला थप आतङ्कित भएका छन् । पम्पमा लाइन देखिएपछि उपभोक्ताले आत्तिएर फुल ट्याङ्की तेल हाल्न सुरु गरे र अभावको हल्ला र उपभोक्ताको त्रासको मानसिकताका कारण तेलको अभाव भएको पेट्रोलियम डिलर्स एशोसिएसन कोशीका अध्यक्ष देवेन्द्र श्रेष्ठले बताए । उनले ‘२ दिनलाई स्टक गरी तेल आयात गरिएको हुन्छ तर यहाँ एकै दिनमा स्टक तेल कसरी सकिएको हो ?’ भन्दै प्रतिप्रश्नसमेत गरे । उनले स्टक गरिएको तेल सकिएपछि मात्र निगममा तेल खरिद गरिने गरेको जानकारी दिए ।

अहिले पनि एक सय १० वटा पेट्रोलपम्पबाट इन्धन वितरण भइरहेको उनले जानकारी दिए । तेलको अभाव देखाएर पम्प सञ्चालकहरूले कालोबजारी पनि सुरु गरिहाल्ने प्रवृत्ति भएको हुँदा आफ्नो जोहोका लागि तेलको स्टकमा उपभोक्ता लाग्नुपर्ने बाध्यता रहेको उभोक्ताहरूले बताउने गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x