Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१५ हजार बालबालिकालाई दादुराको खोप लगाउन सुरु

१५ हजार बालबालिकालाई दादुराको खोप लगाउन सुरु


सुबास बस्नेत
दोलखा, चैत ५
जिल्लाभर रहेका १५ हजारभन्दा बढी बालबालिकालाई दादुरा रुवेलाको खोप लगाउने कार्य सुरु भएको छ । स्वास्थ्य कार्यालय दोलखाले दुई चरणमा बालबालिकालाई दादुरा रुवेलाको खोप लगाउने जनाएको छ । दादुरा रुवेला खोपको राष्ट्रिय अभियानअन्तर्गत स्वास्थ्य कार्यालय दोलखाले नौ महिनादेखि पाँच वर्षसम्मका १५ हजार सात सय ८२ बालबालिकालाई खोप लगाउने भएको हो ।

नौ स्थानीय तह रहेको दोलखामा पहिलो चरणमा आइतबार गतेदेखि पाँचओटा स्थानीय तहमा खोप लगाउन सुरु गरेको छ भने आगामी चैत १३ गतेदेखि चारओटा स्थानीय तहमा दादुरा रुबेलाको खोप सञ्चालन गरिने स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिए । पहिलो चरणमा भीमेश्वर नगरपालिका, बिगु गाउँपालिका, गौरीशंकर गाउँपालिका, कालिञ्चोक गाउँपालिक र शैलुङ गाउँपालिकामा चैत १० गतेसम्म खोप सञ्चालन हुनेछ । त्यसैगरी दोस्रो चरणमा जिरी नगरपालिका, वैतेश्वर गाउँपालिका, तामाकोशी गाउँपालिका र मेलुङ गाउँपालिकामा चैत १३ गतेदेखि २१ गतेसम्म दादुरा रुबेलाको खोप लगाउने कार्यक्रम रहेको छ । दादुरा रुबेलाविरुद्धको खोप लगाउने यो पाँचौँ राष्ट्रिय अभियान हो । खोप लगाउनको लागि जिल्लामा दुई सय ९० ओटा खोप केन्द्र स्थापना गरिएको छ ।

सरदर प्रत्येक स्थानीय तहमा कम्तीमा ३० ओटा केन्द्रको व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ । खोप लगाउनको लागि दुई सय स्वास्थ्यकर्मी र एक हजार दुई सय ७५ स्वास्थ्य स्वयमसेविकाहरू परिचालन गरिने प्रमुख झाले जानकारी दिए । बागमती प्रदेशको नुवाकोटबाहेक सबै जिल्लाहरूलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिसकिएको छ । अझै केही बालबालिकाहरू खोप लगाउन नियमित खोपकेन्द्र नगएको तथ्याङ्कले देखाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x