Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशप्रदेश १ को नाम कोसी राख्न एमाले र कांग्रेसले गरे प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोसी राख्न एमाले र कांग्रेसले गरे प्रस्ताव दर्ता


काठमाडौँ । प्रदेश १ को नाम कोशी प्रदेश प्रस्ताव गर्दै नेपाली कांग्रेस र नेकपा एमालेले प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् । उक्त प्रस्तावको प्रस्तावक एमालेका रामबहादुर मगर रहेका छन् भने समर्थकमा कांग्रेसका भूमिप्रसाद राजवंशी रहेका छन् । प्रदेशसभा सचिवालयले प्रदेशको नाम प्रस्ताव गर्न दिउँसो १ बजेसम्मको समय दिएको छ । नेकपा माओवादी केन्द्रले पनि कोसी प्रदेशको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

‘प्रदेशले आफ्नो नामाकरण प्रदेशसभाबाट आफैंले गर्नुपर्नै दायित्व पुरा गर्नका लागि यस प्रदेशमा विकसित भएका हिन्दू धर्म, बौद्ध धर्मको दर्शन, किराँत सभ्यता, मिथिला सभ्यता, लिम्बुवान संस्कृति, विराट क्षेत्रको इतिहास, कोच संस्कार र संस्कृति समेतलाई समेट्ने गरी तथा कोशी नदी र यसका शाखा नदीहरुमै ऐतिहासिक, धार्मिक तथा जातजाती, भाषा, सभ्यता र संस्कृतिको विकास भएकोले यस क्षेत्रको मूल आधारको रुपमा हिमालदेखि पहाड र तराईको भूभागमा कोशी नदी प्रवाहको क्षेत्र भित्रै सम्पूर्ण अवस्थाको वर्तमान र भावी विकास र समृद्धि समेत जोडिएको हुनाले यस प्रदेशको नाम कोशी प्रदेश राख्न उपर्युक्त ठानिएको छ,’ प्रस्तावमा भनिएको छ ।

यसैगरी नेकपा एकिकृत समाजवादी र जनता समाजवादी(जसपा)को तर्फबाट ‘किरात–लिम्बुवान–सगरमाथा’ प्रदेश नामाकरण गर्नुपर्ने भन्दै अर्को प्रस्ताव दर्ता भएको छ । नेकपा (एकीकृत समाजवादी) का सांसद तथा पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रस्ताव र जसपाकी सांसद तथा मन्त्री निर्मला लिम्बूको समर्थनमा उक्त प्रस्ताव दर्ता भएको हो ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, समाचार

तपाईको प्रतिक्रिया