Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसडकमै सडक सुरक्षा सचेतना कार्यक्रम

सडकमै सडक सुरक्षा सचेतना कार्यक्रम


काठमाडौं । ट्राफिक प्रहरीले सडकमै पुगेर सडक सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मङ्गलबार उपत्यकाका विभिन्न स्थानमा छ सय ८२ चालकसँग सडक सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले ट्राफिक प्रहरी कार्यालयमै बोलाएर कार्यक्रम गर्दा चालकको समय अभाव हुने भएकाले सडकमै गएर सडक सुरक्षा सचेतना कक्षा सञ्चालन गरिएको राससलाई जानकारी दिए ।

ट्राफिक प्रहरीले नयाँ बसपार्कमा एक सय ५०, बौद्धमा एक सय १९, नागढुङ्गामा ९२, न्युरोडमा ७०, सुकेधारामा ६०, सोह्रखुट्टे र स्वयम्भूमा ५०÷५०, कपनमा ३०, बूढानीलकण्ठमा २५, कीर्तिपुरमा २२, काँडाघारीमा नौ, थानकोटमा तीन र भैँसेपाटीमा दुईजना चालकलाई सडक सुरक्षा सचेतना दिइएको हो ।

कार्यक्रममा चालकलाई मापसे, लापसे र ढोका खुल्ला गरी सवारी चलाउँदा हुने दुर्घटना तथा त्यसबाट हुने धनजनको क्षतिका विषयमा जानकारी गराइएको प्रवक्ता भट्टले बताए । यस्तै, तीव्र गति, आरक्षण सिट, रातोबत्ती, फुटपाथ पार्किङ, सडक लेनलगायतका विविध ट्राफिक नियम तथा कानुनका बारेमा पनि सजग गराइएको सो कार्यालयले जनाएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका ट्राफिक प्रहरी कार्यालयले सडक संस्कारको अभिवृद्धि र दुर्घटना न्यूनीकरण गर्न विभिन्न अभियान नै चलाएर चालकसहित सडक प्रयोगकर्ता लक्षित चेतनामूलक कार्यक्रम गर्दै आएको छ ।


क्याटेगोरी : समाचार, सुरक्षा अपराध

तपाईको प्रतिक्रिया