Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजनप्रतिनिधिहरू धमाधम भ्रष्टाचारमा संलग्न

जनप्रतिनिधिहरू धमाधम भ्रष्टाचारमा संलग्न


काठमाडौं,मंसिर ४ गते मनाङबाट प्रतिनिधिसभामा नेपाली कांग्रेसबाट निर्वाचित सांसद टेकबहादुर गुरुङ र पूर्वमन्त्री बद्रिप्रसाद न्यौपाने विशेष अदालत काठमाडौंबाट भ्रष्टाचारी ठहर भएको भोलिपल्ट बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्र प्रसाद गुप्ता कलवारलाई घुस प्रकरणमा मुद्दा दायर गरेको छ । भ्रष्टाचारको मुद्दा दायर भएपछि उनी मेयर पदबाट निलम्बनमा परेका छन् ।

विद्यालयको भवन बनाउने ठेकेदारसँग आठ प्रतिशत रकम घुसबापत माग गरेको अडियो रेकर्ड अख्तियार पुगेपछि अख्तियारले सोही नगरपालिकाका इन्जिनियर रामचन्द्र साहलाई पक्राउ गरेको थियो । सोही आधारमा अनुसन्धान गरेर अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले ठेकेदार नन्दकिशोर चौधरीलाई भने सरकारी साक्षीको रुपमा प्रस्तुत गरेको छ ।

अख्तियारले काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपको जग्गा भाडा प्रकरणमा अनियमितता गरेको भन्दै अख्तियारले गुरुङ र न्यौपानेलगायतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सोही मुद्दाको फैसला गर्र्दै उनीहरुलार्ई दोषी ठहर गरेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया