Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदुई करोड १२ लाख बेरुजु फछ्र्योटका लागि अटेरी गर्दै विद्यालय

दुई करोड १२ लाख बेरुजु फछ्र्योटका लागि अटेरी गर्दै विद्यालय


सोलुखुम्बु,सोलुखुम्बुका विद्यालयले दुई करोडभन्दा बढी बेरुजु रकम फछ्र्योटका लागि अटेरी गरिरहेको पाइएको छ । जिल्लाका सात स्थानीय तहका विद्यालयले वर्षौँदेखिको दुई करोड १२ लाख १० हजार बेरुजु फछ्र्योटमा अटेरी गरेका हुन् ।

जिल्लाको नेचासल्यान गाउँपालिकाभित्रका विद्यालयले पाँच लाख, लिखुपिकेमा ७१ लाख ७५ हजार, सोलुदूधकुण्डमा २६ लाख १० हजार, माप्यदूधकोशीमा ३० लाख ७५ हजार, सोताङमा एक लाख २५ हजार, महाकुलुङमा छ लाख २५ हजार र थुलुङ दूधकोशी गाउँपालिकाका विद्यालयमा ७१ लाख रुपैयाँ बेरुजु रहेको शिक्षा विकास तथा समन्वय इकाइ सोलुखुम्बुका प्रमुख खगेन्द्र श्रेष्ठले बताए ।

वर्षौँअघिको बेरुजु फछ्र्योट गर्नका लागि उनले विद्यालयलाई आग्रह गरेका छन् । पटक–पटक आग्रह गरे पनि विद्यालयले अटेरी गरिरहेको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया