अवरुद्ध डुम्रे–बेँसीसहर सडक सञ्चालनमा
लमजुङ । सुक्खा पहिराले गएरातिदेखि अवरुद्ध भएको डुम्रे बेँसीसहर सडकखण्ड पुनः सञ्चालनमा आएको छ ।
यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा सुक्खा पहिरा हटाएसँगै आज बिहानदेखि पुनः सञ्चालनमा आएको हो । अघिल्लो भदौ महिनामा पहिराले पक्की सडक भत्काएपछि सो स्थानमा गत वर्ष पुनः पहिरा गएपछि वैकल्पिक सडक खुलाइएको सो स्थानमा ढुङ्गा माटा झरेर अवरुद्ध भएको थियो ।
माथिबाट झरेको ढुङ्गा माटा डुम्रे बेँसीसहर चामे योजना सडक कार्यालय लमजुङका डोजरले पहिरा हटाएपछि रोकिएर बसेको विभिन्न सवारी साधन पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदिश रेग्मीले राससलाई बताए ।
उनका अनुसार बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवन, गोरखा, तनहुँ जाने र सो स्थानबाट बेँसीसहर आउने सवारी साधन सञ्चालन भएसँगै यात्रु हर्षित भएका छन् । बयालीस किलोमिटर रहेको यस सडकखण्डमा सबैभन्दा बढी यहाँ समस्या भइरहेको छ । दिनहुँजसो सुक्खा पहिराले पटक पटक सवारी साधन रोकिँदै आएको छ ।
पहिरो ठूलो रहेकाले तत्काल दिगोरुपमा समाधानसमेत गर्न सक्ने अवस्था छैन । यस पहिरो मर्मत गर्नका लागि रु २० करोडमा ठेक्कासमेत गरिसकेको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयले जनाएको छ । हिउँदमा जसोतसो सवारी साधन चल्दै आए पनि वर्षामा भने ठप्प हुने देखिन्छ । यस सडक हुँदै मनाङवासीसमेत आवतजावत गर्ने गर्छन् ।
यस सडक अवरुद्धका कारण उनीहरुलाई समेत समस्या हुने गर्दछ । यस सडक अवरुद्धका कारण अन्य सार्वजनिक सवारी साधन रोकिनु सामान्य कुरा भए तापनि यस पहिरामा आकस्मिक एम्बुलेन्ससमेत रोकिनुपर्ने अवस्था छ ।
क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश, समाचार
ताजा अपडेट
- प्राइम कमर्सियल बैंकको साधारणसभा आह्वान
- कृति भेञ्चर फन्डले आईपीओ जारी गर्ने
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ११ करोड ५३ लाख
- शाइन रेसुंगा विकास बैंकद्वारा लाभांश घोषणा
- ग्लोबल आईएमई लघुवित्तको नाफा चार करोड
- एनएमबी लघुवित्तको नाफा ७१ लाख ५४ हजार
- दार्चुला जिप दुर्घटना: घाइतेलाई थप उपचारका लागि धनगढी लगियो
- दैलेखका किसानको ‘गुणे’ धानमा अधिक आकर्षण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया