चाउचाउ आयात नगर्ने पक्षमा व्यवसायी
सोलुखुम्बु । यहाँका व्यवसायीहरु सोलुखुम्बुमा चाउचाउ आयात नगर्ने पक्षमा देखिएका छन् । सल्लेरीमा बसेको उद्योग वाणिज्य संघको बैठकमा व्यवसायीले जिल्लामा रम्बालगायतका चाउचाउ आयात गर्न नसक्ने बताएका हुन् ।
अहिले स्टक रहेको बेच्ने तर अब आयात नगर्ने उनीहरुको भनाइ थियो । चाउचाउको मूल्य अत्यधिकरुपमा वृद्धि भएका कारण बिक्री गर्न नसकिने भन्दै उनीहरु आयात नगर्ने पक्षमा पुगेको उद्योग वाणिज्य संघका सहसचिव महेश खालिङले बताए ।
लागत मूल्यअनुसारको चाउचाउ नभएकाले घाटामा व्यापार गर्न नसकिने भन्दै अहिलेलाई आयात नगर्ने निर्णय गरिएको उनले बताए । यस्तै सर्वव्यापीरुपमा आलोचना भएपछि उद्योग वाणिज्य संघ सोलुखुम्बुले मूल्यसूची सच्याएको छ । जिल्ला सदरमुकाम क्षेत्रमा फागुन १ गते उद्योग वाणिज्य संघका केही पदाधिकारी र व्यवासयी बसेर गरेको मूल्य निर्धारणको आलोचना भएपछि उद्योग वाणिज्य संघले मूल्यसूची सच्याएको हो ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया