वामपन्थी शक्ति एकजुट हुन एमाले महासचिव पोखरेलको आह्वान
काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेभन्दा बाहिर रहेका सवै वामपन्थीलाई एकजुट हुन आह्वान गरेका छन् ।
यदु स्मृति प्रतिष्ठानले आइतबार यहाँ आयोजना गरेको २४औँ यदु स्मृति दिवस तथा २१औं यदु स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा उनले वामपन्थी आन्दोलनले देशको स्वाधिनताको रक्षा, विकास र समृद्धिको नेतृत्व, सामाजिक न्याय र जनताका लागि सुरक्षित भविष्य निर्माण गर्ने सक्ने भएकोले वामपन्थी एकजुट हुन आह्वान गरे ।
“सहिदको बलिदानलाई सम्झना गर्दै सङ्कटबाट मुलुकलाई जोगाउनका लागि फेरि पनि देशभक्त, लोकतान्त्रिक शक्तिहरु, सामाजिक न्यायका पक्षधर शक्तिहरु धुव्रीकृत हुन जरुरी छ,” उनले भने, “विगतमा हामीले नेताको टाउको जोडेर कम्युनिष्ट आन्दोलनलाई बलिायो बनाउने प्रयास ग¥यौ तर असफल भए अब हामी कार्यकर्ताका भावना जोड्न चाहान्छौं ।”
महासचिव पोखरेलले देश बनाउनका लागि देशभक्ति आन्दोलन, परिवर्तन सामाजिक न्यायका पक्षमा विश्वास गर्ने, बलियो राष्ट्रिय शक्ति निर्माण गरी अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले गलत मान्यताविरुद्धसबै एकजुट हुन आवश्यक रहेको राससलाई बताए ।
नेपालको मौलिक संस्कृतिलाई तहसनहस पार्न थालेको भन्दै त्यस खालको चुनौतीलाई सामना गर्न जसके नेपालको समृद्धि असुरक्षित हुने उनले दाबी गरे । एमाले स्थायी कमिटी सदस्य यमलाल कँडेलले एमाले बलियो भएमात्रै यदु गौतमको सपना साकार पार्न सकिने बताए ।
उक्त अवसरमा महासचिव पोरखेलले गोरखापत्र दैनिकका पत्रकार लोकबहादुर चौधरी (लक्की)लाई यस वर्षको यदु स्मृति पत्रकारिता पुरस्कार प्रदान गरे ।
चौधरीले पुरस्कार ग्रहण गर्दै आफूलाई थप जिम्मेवार बनाएको बताए । पुरस्कारको राशि रु. २० हजारको छ । वि.सं. २०५३ सालदेखि कैलालीबाट पत्रकारितामा सुरु गरेका चौधरीलाई कार्यक्षेत्रबाट विस्थापित भए पनि निरन्तर पेसामा सक्रिय रहेकोमा उच्च कदर गरी पुरस्कार दिन निर्णय गरिएको हो ।
यदु स्मृति प्रतिष्ठानले हरेक वर्ष यदु स्मृति दिवसको अवसरमा मानवअधिकार, शान्ति स्थापना र दण्डहीनताका पक्षमा कलम चलाउने एक जना पत्रकारलाई पुरस्कृत गर्दै आइरहेको छ ।
तत्कालीन नेकपा (एमाले) रुकुमका सचिव युद गौतमलाई रुकुम सदरमुकामबाट चौरजहारी जाने क्रममा वि.सं. २०५५ फागुन २१ मा हत्या गरिएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया