दक्ष विदेशी कामदारका लागि नेपाल उपयुक्त
६ वर्षमा १० हजार चार सय बढी दक्ष विदेशी कामदार नेपाल आए-सबैभन्दा बढी चिनियाँ
काठमाडौं । दक्ष गैरनेपाली नागरिक अर्थात् विदेशी कामदारको लागि नेपाल उपयुक्त मुलुक बनेको छ । पछिल्लो समयमा वैदेशिक सहयोगमा योजनाहरु थप हुँदा विदेशी दक्ष कामदारको संख्या पनि नेपालमा बढ्दै गएको छ ।
पछिल्ला छ वर्ष (सन् २०१७ देखि २०२३ सम्म )मा मात्र १० हजार चार सय ८० जना दक्ष विदेशी कामदार नेपाल आएको श्रम, रोजगार तथा सुरक्षाजन्य विभागले जानकारी दिएको छ । सो संख्या नयाँ श्रम स्वीकृति लिने र श्रम स्वीकृति नवीकरण गर्नेको हो ।
श्रम स्वीकृति नवीकरण गर्नेभन्दा नयाँ श्रम स्वीकृति लिई नेपाल आउने विदेशी दक्ष कामारको संख्या बढी रहेको छ । त्यसमा छ हजार ४९ जना पुरुष र छ सय ६१ जना महिला गरी कुल छ हजार सात सय १० जना नयाँ श्रम स्वीकृति र तीन हजार दुई सय ४० जना पुरुष र पाँच सय ३० जना महिला गरी कुल तीन हजार सात सय ७० जना श्रम स्वीकृति नवीकरण गरी नेपालमा काम गरी बसेका छन् ।
उनीहरु अनिवार्य श्रम स्वीकृति नवीकरण तथा नयाँ श्रम स्वीकृति लिई नेपालमा काम गरेर बसेका हुन् । अर्कोतर्फ बाध्यकारी व्यवस्थाका कारण दक्ष विदेशी कामदार मात्र नेपाल आएको विभागले जनाएको छ ।
श्रम ऐन २०४८ (संशोधन २०५४) ले दक्ष गैरनेपाली नागरिकलाई श्रम इजाजत दिने व्यवस्था गरेको छ । श्रम ऐन, २०४८ को दफा ४ (क) मा कुनै दक्ष प्राविधिक पदका लागि नेपाली नागरिक उपलब्ध नभएमा व्यवस्थापकले सो कुराको प्रमाणसहित गैरनेपाली नागरिक नियुक्ति गर्ने स्वीकृतिको लागि श्रम विभागमा निवदेन दिनसक्ने व्यवस्था गरिएको छ ।
दक्ष प्राविधिक पदको लागि नेपाली नागरिक उपलब्ध नहुने देखिएमा श्रम विभागले श्रम कार्यालयको सिफारिसमा एक पटकमा दुई वर्षमा नबढाई बढीमा पाँच वर्षसम्म र विशिष्ट प्रकारका दक्ष प्राविधिक पदमा बढीमा सात वर्षसम्म गैरनेपाली नागरिकलाई काममा लगाउन स्वीकृति दिन सक्नेछ ।
गैरनेपाली नागरिकलाई काममा लगाउने व्यस्थापकले नेपाली नागरिकलाई नै दक्ष बनाई क्रमशः प्रतिस्थापन गर्ने व्यवस्था गर्नुपर्दछ । जसले गर्दा उनीहरु दक्ष हुनुको साथै नेपाली नागरिकलाई आफ्नो दक्षता समेत प्रदान गर्नुपर्नेछ ।
योसँगै मुलुकमा सञ्चालन विभिन्न परियोजनाका लागि स्वदेशमा दक्ष जनशक्ति अभाव भएको खण्डमा मात्र विदेशबाट ल्याउनुपर्ने विभागका प्रवक्ता इन्जिनियर मणिनाथ गोपले बताए । ‘मुलुकका विभिन्न परियोजनाको लागि आवश्यक दक्ष जनशक्ति स्वदेशमा हुँदैनन् जसले गर्दा दक्ष गैरनेपाली नागरिक ल्याउने गरेको पाइन्छ’, प्रवक्ता गोपले भने, ‘जलविद्युत्, नागरिक उड्डयन, स्वास्थ्यलगायतका क्षेत्र तथा त्यसका परियोजनामा विदेशी दक्ष नागरिक आबद्ध हुने गरेका छन् ।’
यसैबीच पाँच दर्जनभन्दा बढी मुलुकहरुबाट गैरनेपाली नागरिक नेपाल आउने गरेका छन् । विशेष गरी सीमा जोडिएका चीन र भारतपछि विकिसित मुलुकका दक्ष श्रमिकहरु समेत नेपाल आउन रुचि देखाउँछन् । विभागले उपलब्ध गराएको तथ्यांकअनुरुप नेपालमा चीन–भारत, जापानदेखि जर्मनी, अमेरिका, केन्यालगायत करिब अधिकांश देशबाट काम गर्नका लागि विदेशी श्रमिक आउने गरेका छन् । छ वर्षको अवधिमा सबैभन्दा धेरै संख्यामा चिनियाँ र बेलायती श्रमिक रहेको देखिन्छ । सो अवधिमा सात हजार चार सय ४५ जना चिनियाँ र चार सय ८५ जना बेलायती, तीन सय १९ जना अमेरिकी, दुई सय २० जना भारतीय, दुई सय २१ जना दक्षिण कोरियाली, एक सय ७३ जना जापानी, एक सय ११ जना अष्ट्रेलिया ९७ जना, ८७ जना जर्मनी, ७९ जना इटलियन र ७८ जना फ्रान्सेली, ९५ जना श्रीलंकन, ७८ जना फिलिपिनी र ३६ जना स्पेनी दक्ष कामदार यहाँ कार्यरत छन् । नाइजेरियन ४३ जना, भेनेजुयला सात जना, युगान्डा तीन जना, सर्बिया दुई जना दक्ष कामदार यहाँ कार्यरत छन् ।
चिनियाँ सहयोगको परियोजना सञ्चालन भएको हुँदा चिनियाँ नागरिकको संख्या बढी भएको बताइएको छ । बेलायती, अमेरिका, भारतीय नागरिक भने लामो समयदेखि यहाँ कार्यरत हुँदा श्रम स्वीकृति नवीकरण गरी कार्यरत भई बसेको पाइन्छ । यता चालू आर्थिक वर्षको सात महिनाको अवधिमा एक हजार एक सय ६६ जना गैरनेपाली नागरिकले श्रम नवीकरण तथा स्वीकृति लिएका छन् । विदेशी श्रमिकको संख्या बढ्दा यसको आपूर्तिकर्ता समेत बढ्दै गएको विभागले जनाएको छ । विभागका अनुसार हालसम्म दुई सय तीनवटा आपूर्तिकर्ता संस्था रहेको छ । जसमा २० वटा नयाँ र एक सय ८३ वटा पुराना (नवीकरण) संस्थाहरु हुन् । ती संस्थाहरुले विदेशी श्रमिक ल्याउनका लागि सहजीकरणका साथै श्रम स्वीकृति, टिकट व्यवस्थापन लगायतका काम गर्दै आएका छन् ।
विदेशी नागरिकहरु नेपालमा बस्नु वा काम गरेर बस्न खोज्नुको कारण भने यहाँको शान्त, सुरक्षित वातावरण र सस्तो बसाइ समेत रहेको बताइन्छ । जसले गर्दा श्रम स्वीकृति तथा नवीकरण गरेर उनीहरु बस्नुको साथै आफ्ना परिवार तथा साथीलाई बोलाउने गरेको पाइन्छ । विदेशी नागरिक नेपाल आउँदा भने विवादास्पद नभएको, यहाँको नियममा रही काम गर्नुपर्ने हुन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया