Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘आर्थिक स्थायित्वका लागि ब्याजदरमा लकअप प्रणाली आवश्यक’

‘आर्थिक स्थायित्वका लागि ब्याजदरमा लकअप प्रणाली आवश्यक’


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आर्थिक स्थायित्वका लागि ब्याजदरमा लकअफ प्रणाली लागू गर्नुपर्ने बताएका छन् । ब्याजदर अस्थिर हुँदा ऋणीहरू मर्कामा परेको र लगानीको वातावरण सिर्जना हुन नसकेको भन्दै अध्यक्ष मल्लले लकअप प्रणालीमा जानुपर्ने बताएका हुन् ।

उद्योग व्यवसाय सञ्चालन, घरजग्गा, कृषिलगायत विभिन्न प्रयोजनमा ऋण लिने प्रक्रियामा सुरुवाती चरणमै निश्चित ब्याजदर कायम गर्ने र पछि फेरबदल नहुने हो भने वित्तीय क्षेत्रमा अस्थिरता नआउने अध्यक्ष मल्लको भनाइ छ । दोलखा चेम्बरको आयोजनामा भएको महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष मल्लले बैंक वित्तीय संस्थामा भएको उच्च ब्याजदरका कारण व्यावसायिक गतिविधि ठप्पप्राय भएको बताए । उनले भने, ‘ब्याजदर १५/१६ प्रतिशतसम्म कायम छ । ऋण लिएर व्यवसाय गर्ने वातावरण छैन, उद्योगी व्यवासायीहरू पलायन हुने अवस्था सिर्जना भएको छ ।’ बैंक वित्तीय संस्थाले आधारदरमा लिने प्रिमियम उच्च हुँदा पनि ऋणीहरू मर्कामा परेको अध्यक्ष मल्लले बताए । उनले भने, ‘आर्थिक विकास र समृद्धिका लागि वित्तीय स्थायित्व र लगानीको वातावरण सिर्जना गर्न आवश्यक छ ।’

उद्योग तथा साना व्यवसायमा सामूहिक लगानीमार्फत नयाँ रोजगारी सिर्जना गर्नका लागि निजी क्षेत्र र सरकारबीच हातेमालो गर्न आवश्यक रहेकोमा अध्यक्ष मल्लले जोड दिए । कृषि, पर्यटन, एवं साना उद्योगको विकास राज्यको प्राथमिकतामा पर्नुपर्ने अध्यक्ष मल्लले बताए । यस्तै उनले दोलखा कृषि उत्पादनका दृष्टिकोणले अग्रणी भए पनि अपेक्षित लाभ प्राप्त हुन नसकेको बताए । दोलखामा सामूहिक खेती प्रणालीमार्फत उत्पादन वृद्धि गर्न सकिने अध्यक्ष मल्लको भनाइ छ । उनले जिल्लामा उत्पादित कृषि उपजहरूको बजारीकरणका लागि दोलखा चेम्बर अफ कमर्सले समन्वय गर्ने बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया