पातारासीमा ‘हाइअल्टिच्युट’ तालिम केन्द्र
जुम्ला । जुम्लाको पातारासी गाउँपालिका ‘हाइअल्टिच्युट’ तालिमको केन्द्र बन्ने भएको छ । पातारासी –३ स्थित लोठचौरमा निर्माण हुने सो केन्द्रका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकारबाट रु ५० लाख बजेट विनियोजित भएको छ । पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले उपभोक्ता समितिमार्फत केन्द्रको निर्माण हुने जानकारी दिइन् ।
पूर्वपशुपक्षी विकासमन्त्री गोमा गौतम (कुँवर) को पहलमा पातारासीको लोठचौरमा सो केन्द्र बन्ने लागेको हो । केन्द्र कर्णालीकै नमुना भएको पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले राससलाई बताए । पातारासीमा पर्यटकीय सम्भावना धेरै रहेका जनाइएको छ । कालीमार्सी धान फल्ने छुमचौरमा केन्द्र निर्माण गरेर पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखिइएको छ ।
क्याटेगोरी : प्रदेश समाचार, कर्णाली प्रदेश, समाचार
ताजा अपडेट
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया