काठमाडौं,त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यायलले करिब रु चार करोड बराबरको सामान लिलाम बिक्री गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको हालसम्म मोबाइल, मदिरा, सवारीसाधन, कपडा, खाद्य पदार्थ तथा इलेक्ट्रोनिक सामान लिलाम बिक्रीबाट रु तीन करोड ८९ लाख ८१ हजार पाँच सय ५७ राजस्व सङ्कलन गरेको हो ।
कार्यालयलाई तीन सय ३२ थान मोबाइल लिलाम बिक्रीबाट रु एक करोड ७३ लाख २६ हजार सात सय चार राजस्व प्राप्त भएको छ । यी मोबाइल विदेशबाट फर्किने यात्रुसँग जफत गरिएको हो ।
यस्तै दुई हजार पाँच सय पाँच थान मदिरा लिलाम बिक्रीबाट कार्यालयले रु एक करोड पाँच लाख ८६ हजार छ सय ९७ बराबर राजस्व सङ्कलन भएको जनाएको छ ।
सवारीसाधन, कपडा, खाद्य पदार्थ, इलेक्ट्रोनिकलगायतका मालवस्तु लिलाम बिक्रीबाट रु एक करोड १० लाख ६८ हजार एक सय ५६ सङ्कलन भएको विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत नारद पोखरेलले जानकारी दिए ।
उनका अनुसार कानूनअनुसार हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै एक व्यक्तिले एउटाभन्दा बढी थान मोबाइल तथा एक बोतलभन्दा बढी मदिरा ल्याउन पाइँदैन ।
राससका अनुसार कानूनले तोकेभन्दा बढी सङ्ख्यामा ल्याइएका सामग्री भए आर्थिक ऐनबमोजिम भन्सार महसुल तिर्नुपर्ने हुन्छ । कार्यालयले स्वदेशी तथा विदेशीबाट जफत गरिएको एप्पल कम्पनीका आइफोन, सामसुङलगायत महँगा मोबाइल फोन तथा मदिरा बिक्री गर्दै आएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ रु एक अर्ब ६० करोड
- बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु
- रातभरका विस्फोटनले बेइरुतमा गुमेको निद्रा, लेबननमा नेपाली कति सुरक्षित ?
- वर्षाले विध्वंस गरेका ठाउँमा विभिन्न रोगको जोखिम, रोकथाम गर्न कस्तो प्रयास हुँदै छ ?
- राजमार्गमा दर्जनौँको ज्यान लिने अधुरा सडकका ‘धराप’
- स्वास्थ्य मन्त्री पौडेलद्वारा नागरिकलाई सहजरुपमा सेवा दिन आग्रह
- भ्रष्टाचार आरोपमा सिंगापुरका पूर्वमन्त्रीलाई जेल सजाय
- भुटान र भारतीय कम्पनीबीच नवीकरणीय ऊर्जा सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया