Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशकोशी प्रदेश पुन : नामाकरणको माग गर्दै आन्दोलन घोषणा

कोशी प्रदेश पुन : नामाकरणको माग गर्दै आन्दोलन घोषणा


काठमाडौं । कोशी प्रदेशको पुनः नामाकरणको माग गर्दै आन्दोलनको घोषणा गरिएको छ । फागुन १७ गते नामाकरण गरिएको नाम ‘कोशी’ खारेज गरी पुनः ‘प्रदेश नं.१ नामाकरण गर्न संयुक्त संघर्ष समिति’ घोषणा गरिएको छ ।

किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, किरात मोर्चा, जनता समाजवादी पार्टीका भ्रातृ संगठन र अन्य सामाजिक संगठनहरु संलग्न संयुक्त संघर्ष समितिले फागुन २८ गते आमहड्तालसहित चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

उनीहरुले चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तर्गत फागुन २५ र २६ गते प्रदेशव्यापाी कालो झण्डा गाड्ने, कोणसभाहरू गर्ने, स्थानीय तह लगायतका कार्यालयहरूमा तालाबन्दी गर्ने, कोशी नामका बोर्डहरू हटाउने, कोशी नामका लेटरप्याडहरू जलाउने, कोशी नामका मत हाल्ने सांसदहरूलाई प्रतिकार गर्ने, वडा तहसम्म संघर्ष समिति बिस्तार गर्ने, भित्ते लेखन गर्ने, उद्ययोगी, व्यवसायी, व्यापारी, यातायत लगायतका निकायहरु, व्यक्ति एवम् संस्थाहरुसँग समन्वयात्मक बैठक बस्ने लगायतका कार्यक्रम रहेको बताएका छन् ।

यस्तै उक्त संघर्ष समितिले फागुन २७ गते प्रदेशव्यापी राँके जुलुस गर्ने , २८ गते प्रदेशव्यापी आम हडताल गर्ने र चैत ५ गते विराटनगरमा विशाल जनप्रदर्शन गर्नेर चैत ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने  कार्यक्रम सार्वजनिक गरेको छ ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, समाचार

तपाईको प्रतिक्रिया