Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपरीक्षण सकिएका नयाँ पाइपलाइनबाट नियमितरूपमा मेलम्चीको खानेपानी वितरण

परीक्षण सकिएका नयाँ पाइपलाइनबाट नियमितरूपमा मेलम्चीको खानेपानी वितरण


काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले परीक्षण सकिएका नयाँ पाइपलाइनबाट नियमितरूपमा मेलम्चीको खानेपानी वितरण गरिरहेको जनाएको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिच्छ्याइएका खानेपानीका नयाँ पाइपलाइनमध्ये अन्तिम परीक्षण सम्पन्न भएका क्षेत्रका करिब तीन सय किलोमिटर नयाँ पाइपलाइनबाट नियमित रूपमा मेलम्चीको खानेपानी वितरण हुँदै आएको हो ।

काठमाडौं उपत्यकाका चक्रपथभित्रका अधिकांश क्षेत्रमा बिच्छ्याइएका एक हजार १० किलोमिटर खानेपानीका नयाँ पाइपलाइनमध्ये करिब पाँच सय ६० किलोमिटर पाइपलाइनको प्रारम्भिक परीक्षण सम्पन्न भएको पीआईडीले जनाएको छ । तीमध्ये अन्तिम परीक्षण सम्पन्न भएका करिब तीन सय किलोमिटर पाइपलाइनबाट नियमितरूपमा मेलम्चीको खानेपानी वितरण हुँदै आएको हो । अन्य क्षेत्रमा भने पुरानै पाइपलाइनबाट मेलम्चीको खानेपानी वितरण हुनेगरेको पीआईडीका आयोजना उपनिर्देशक एवं प्रवक्ता ई. चन्द्रकुमार पाँ श्रेष्ठले जानकारी दिए । यस्तै काठमाडौं उपत्यकाका बाँकी क्षेत्रका नयाँ पाइपलाइनको पनि प्रारम्भिक र अन्तिम परीक्षण गर्ने कार्यलाई तीव्रता दिएको उनले बताए ।

उनका अनुसार चालू आर्थिक वर्षको अन्त्यसम्ममा सबै नयाँ पाइपलाइनको परीक्षण कार्य सम्पन्न गरी आगामी आर्थिक वर्षदेखि नयाँ पाइपलाइनबाट नियमितरूपमा खानेपानी वितरण गर्ने लक्ष्य रहेको छ । यस्तै नयाँ पाइपलाइनबाट मेलम्चीको खानेपानी वितरणको प्रारम्भिक परीक्षण गर्दा तेस्रो पक्षबाट क्षति भएका स्थानमा बाहेक अन्य स्थानमा चुहावट भएको नदेखिएको पनि उनले जानकारी दिए । उनका अनुसार मेलम्चीको खानेपानी वितरणका लागि विगतमा बिच्छ्याइएका तर पानी आइनसकेका कारण परीक्षण गर्न नपाइएका स्थानका नयाँ पाइपलाइनमा भने हाल मेलम्चीको पानी पठाई परीक्षण गर्दा तेस्रो पक्षबाट सडक तथा ढल निर्माण÷मर्मत र विद्युत्का केवल तथा टेलिफोनको तार भूमिगत गर्ने कार्य हुँदा क्षति पुगेका कारण चुहावट भएको पाइएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया