Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउमेर नपुगेका कारणले रञ्जिता उपराष्ट्रपतिको उम्मेदवार हुन अयोग्य

उमेर नपुगेका कारणले रञ्जिता उपराष्ट्रपतिको उम्मेदवार हुन अयोग्य


काठमाडौं । अध्यक्ष रञ्जिता श्रेष्ठ उमेर नपुगेका कारणले उपराष्ट्रपतिको उम्मेदवार हुन अयोग्य देखिएकी छिन् । नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरे पनि उमेरका कारणले उनलाई उपराष्ट्रपति बनाउन नमिल्ने बताइएको छ ।

नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

नेपालको संविधान २०७२ अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्न ४५ वर्ष उमेर पूरा भएको हुनुपर्छ । नागरिक उन्मुक्ति पार्टीले उपराष्ट्रपतिमा अघि सारेको उम्मेदवार रञ्जिता श्रेष्ठको उमेर ४५ वर्ष पूरा नभएका कारणले उनी अयोग्य देखिएकी हुन् । संसद सचिवालयका अनुसार रञ्जिताको उमेर ४० वर्ष मात्र रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया