विद्यादेवी भण्डारी शीतल निवासबाट बिदा भइन्
काठमाडौं । लगातार दुई कार्यकाल पूरा गरी शीतल निवासबाट राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार बिदा भएकी छिन् । उनलाई नव नियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले गाडीसम्मै पुगेर बिदाइ गरेका हुन् ।
राष्ट्रपति भण्डारी बुढानीलकण्ठस्थित निजी निवासमा जाने भनिए पनि मर्मतको काम पूरा नभएकाले उनी शीतल निवासबाट बालुवाटारस्थित छोरीको निवासमा गएकी छिन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भण्डारीलाई उपहार स्वरुप आँखीझ्याल दिएर बिदाइ गरेका थिए ।
शीतल निवासबाट निजी निवासमा जाँदै गर्दा भण्डारीलाई नेपाली सेनाको टोलीले टुँडिखेलबाट २१ तोपको सलामी दिएको थियो । २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी भण्डारी त्यसपछि फेरि दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते निर्वाचित भएकी थिइन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
- उपनिर्वाचनमा बालबालिकाको प्रयोग नगर्न जिसपको आग्रह
- जी–२० नेताहरूद्वारा प्रमुख चुनौती र सङ्कटलाई तत्काल सम्बोधन गर्न आह्वान
- युक्रेनले पहिलो पटक रसियामा अमेरिकी मिसाइल प्रहार गर्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया