अभिनव साहित्य समाजद्वारा प्रभातलाई अभिनन्दन
काठमाडौं । अभिनव साहित्य समाजले प्राज्ञ विष्णु प्रभातलाई रु. २० हजार नगदसहित अभिनन्दन गरेको छ । समाजको स्थापना दिवस तथा २२औँ वार्षिकोत्सव समारोहमा उनलाई सम्मान गरिएको हो ।
सो अवसरमा वेदमणि अभिनव गजल पुरस्कार शान्ति शर्मालाई प्रदान गरिएको छ । रु. १० हजार नगदसहित उनलाई सम्मानित गरिएको हो । यसैगरी, कार्यक्रममा समाजसेवी मुसुरी लामालाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाल र उपप्रमुख सान्नानी लामालाई बधाई, शुभकामना र अभिनन्दन पत्र प्रदान गरिएको थियो । सो अवसरमा कलाकार जानुका भट्टराई, केशवराज मैनालीलगायतले ‘बेचिएकी चेली’ नामक नाटक प्रस्तुत गरेका थिए ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञा–प्रतिष्ठानजस्तो गरिमामय संस्थाबाट नेपाली भाषाको गौरवमय परम्परालाई तोडमरोड गर्ने कामको सुरुआत हुन थालेकाप्रति आपत्ति जनाए । तोडमोड गर्ने काम नरोकिएमा त्यसविरुद्ध लाग्न बाध्य हुने उनको भनाइ थियो ।
नगरप्रमुख रिसालले नगरपालिकालाई साहित्यको हब मनाउन क्रियाशील संस्थाका रुपमा अभिनवलाई लिएको राससलाई बताए । नगरभित्र रहेका सबै साहित्यिक संस्थालाई सहयोग गरिएको उनले बताए । उपप्रमुख लामाले साहित्य उत्थानको काममा सहयोग गर्न नगरपालिका तत्पर रहेको उल्लेख गरे । महिला साहित्यकारलाई उत्प्रेरणा दिने काममा पनि नगरपालिकाले विशेष सहयोग गर्ने उनको भनाइ थियो ।
अभिनन्दित व्यक्तित्व प्रभातले प्रकृतिपूजक, शक्तिपूजक, शैव, ब्रह्म, साङ्ख्य (देवहुतिद्वारा प्रतिपादित) र बौद्ध दर्शन गरी छवटा दर्शन नेपाली भएकाले सबैको प्रवर्द्धनमा साहित्य सृजना हुनुपर्नेमा जोड दिए । समाजका अध्यक्ष वेदमणि घिमिरेले प्राज्ञताको प्रचलित मापदण्ड विपरीत प्रज्ञा–प्रतिष्ठान गठन गरेकामा सुधार हुनुपर्ने माग गरे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
- उपनिर्वाचनमा बालबालिकाको प्रयोग नगर्न जिसपको आग्रह
- जी–२० नेताहरूद्वारा प्रमुख चुनौती र सङ्कटलाई तत्काल सम्बोधन गर्न आह्वान
- युक्रेनले पहिलो पटक रसियामा अमेरिकी मिसाइल प्रहार गर्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया