ट्रेडमार्क, डिजाइन र प्याटेन्ट दर्तामा आकर्षण
काठमाडौं । पछिल्लो समय बौद्धिक सम्पत्ति अर्थात् ट्रेडमार्क, डिजाइन र प्याटेन्ट दर्तामा आकर्षण बढेको छ । ट्रेडमार्क, डिजाइन र प्याटेन्टप्रति स्वदेशी व्यवसायीहरुको बुझाइ बढ्दै जाँदा यसको दर्तामा आकर्षण बढेको बताइएको छ । हालसम्म ५७ हजार सात सय २६ वटा ट्रेडमार्क, तीन सयवटा डिजाइन र ८१ वटा प्याटेन्ट उद्योग विभागमा दर्ता भएको छ । विभागअनुसार चालू आर्थिक वर्षको माघ मसान्तसम्म भने एक हजार आठ सय ४० वटा ट्रेडमार्क, आठवटा डिजाइन र एउटा प्याटेन्ट दर्ता तथा माघ महिनामा मात्र दुई सय ८९ वटा ट्रेडमार्क दर्ता गरिएको छ ।
उद्योगी तथा व्यवसायीहरुको यसप्रति आकर्षण बढेकै कारण हरेक वर्षजसो प्याटेन्ट, डिजाइन र टे«डमार्कको दर्ता संख्या वृद्धि भएको पाइन्छ । आर्थिक वर्ष २०७८/०७९ मा दुई हजार चार सय तीनवटा ट्रेडमार्क, ५६ वटा डिजाइन र तीन वटा प्याटेन्ट दर्ता भएका छन् । आर्थिक वर्ष २०७७/०७८ मा दुई हजार नौ सय ७५ वटा ट्रेडमार्क, ३७ वटा डिजाइन र एउटा प्याटेन्ट दर्ता भएको छ ।
ट्रेडमार्क, डिजाइन र प्याटेन्टको दर्ता बढेसँगै विश्वबजारमा नेपाली उत्पादनहरु परिचित बनाउन सहयोग पुग्ने विभागका कानुन शाखाका उप–सचिव दिपक घिमिरेले बताए । प्याटेन्ट, डिजाइन र ट्रेडमार्कलाई बौद्धिक सम्पत्तिको रुपमा विश्व बजारले हेरेको भए पनि नेपाली उत्पादनकर्ताले भने त्यसलाई अनुसरण गर्न नसकेकोमा पछिल्लो समय भने क्रमशः सुधार हुँदै आएको उनको भनाइ छ । आफ्नो उत्पादनको पहिचान तथा मुलुकलाई नै समेत उत्पादनले पहिचान गराउन सक्ने हुँदा प्याटेन्ट, डिजाइन र ट्रेडमार्क उत्पादनमा अपरिहार्य छ’, उनले भने, ‘उत्पादनको संरक्षण गर्न यो अति आवश्यक कुरा हो, जसलाई नेपाली लगानीकर्ताले महत्व दिँदै गएको पाइन्छ ।’
बौद्धिक सम्पत्तिले उत्पादनकर्ताको उत्पादनको पहिचान बनाउने हुँदा यसको प्रयोग आवश्यक छ । तर नेपाली बजारमा पाउने करिब अधिकांश सामग्रीमा भने प्याटेन्ट, डिजाइन र ट्रेडमार्क नक्कल गर्ने प्रवृत्ति छ । यसका लागि अनुगमन, नियन्त्रणको प्रयास समेत भएको पाइँदैन भने अर्कोतर्फ चेतनासमेत वृद्धि गर्न सकिएको छैन । यसैबीच नेपाली उत्पादनमा सबैभन्दा बढी ट्रेडमार्क नक्कल गर्ने प्रवृत्ति छ । जसले गर्दा मासिक रुपमा विभागसमक्ष दजर्नौँ उजुरीहरु पर्ने गरेको छ । एक आर्थिक वर्षमा मात्रै एक सय ५० भन्दा बढी उजुरी परेको पाइन्छ । चालू आर्थिक वर्षको माघ मसान्तको अवधिमा ६० वटा ट्रेडकमार्कसम्बन्धी मुद्दा परेको छ । नेपालले औद्योगिक बौद्धिक सम्पत्तिलाई भने वि.सं. १९९४ देखि मान्यता दिँदै आए पनि त्यसको नक्कल तथा चोरी गर्ने प्रवृत्ति भने रोकिन सकेको छैन ।
यस्तै, उत्पादनकर्ता (कलकारखाना तथा औद्योगिक प्रतिष्ठना) ले आफ्नो उत्पादित वस्तुको विषयमा उपभोक्तालाई सहज होस् भन्ने उद्देश्यका साथ तयार गरेको ट्रेडमार्क चिह्नसहित विभागमा निवेदन दिनुपर्छ । निवेदन दिएपश्चात् उद्योग विभागका दुई अधिकारीहरुले त्यसको प्रारम्भिक परीक्षणदेखि लिएर सारभूत परीक्षण गर्छन् । प्रारम्भिक परीक्षणका क्रममा उद्योग दर्ता, प्यान दर्ता, कम्पनीका सञ्चालक समितिहरुको निर्णयलगायत हेरिन्छ भने सारभूत परीक्षणको क्रममा नाम, चिह्न, बनोट तथा सो ट्रेडमार्कको लागि आवेदन परेको छ/छैन वा स्वीकृति दिएको छ÷छैन लगायतको विषय हेरिन्छ ।
ट्रेडमार्क, प्याटेन्ट तथा डिजाइन विभागमा दर्ता भएपछि बोधार्थका लागि विभागबाट मन्त्रालय, उद्योग वाणिज्य महासंघ, व्यापार संघ, आन्तरिक राजस्वमा पठाइने प्रचलन छ । ट्रेडमार्क, प्याटेन्ट तथा डिजाइन विभागमा दर्ता भएपछि सबैको जानकारीको लागि विभागले वेबसाइटमा समेत राख्ने गरेको छ । यसरी विभिन्न निकायमा जानकारी गराई तथा वेबसाइटमा राखेको ९० दिनभित्र दाबी विरोध नआएमा निवदेकले ट्रेडर्माक चिह्न प्राप्त गर्ने प्रावधान रहेको उनीहरुको भनाइ छ ।
बौद्धिक सम्पत्तिको रक्षा गर्नका लागि सरकारले निर्माण गरेको ऐन पर्याप्त नभएको पाइन्छ । नेपालमा प्याटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२ तथा प्रतिनिधि अधिकार ऐन २०५९ ले बौद्धिक सम्पत्तिको रक्षा गर्न गरेको पाइन्छ । जुन पर्याप्त मानिँदैन । निकै पुरानो भइसकेको र सो समयमा लागि उपयुक्त मानिएको उक्त ऐन हाल अपूरो बन्दै गएको छ । नेपाल उद्योग वाणिज्य महासंघले पनि बौद्धिक सम्पत्तिको संरक्षण गर्नुपर्ने बताएको छ । ‘ट्रेडमार्क, डिजाइन र प्याटेन्ट भनेको आफ्नो उत्पादन हो त्यसको संरक्षणको लागि निजी र सरकारी दुवै क्षेत्र लाग्नुपर्छ जुन दुवै क्षेत्र तथा राज्यको लागि समेत फलदायी विषय हो’, महासंघका अध्यक्ष शेखर गोल्छाले भने ।
यसैबीच सरकारले २०७३ मा बौद्धिक सम्पत्ति नीतिमा भौगोलिक संकेत, वनस्पति प्रजाति संरक्षणलगायतका गरी सातवटा क्षेत्र थप गरेको थियो भने थप गरिएको क्षेत्रमा भौगोलिक संकेत, वनस्पति प्रजाति संरक्षणका साथै व्यापारिक गोपनीयता, एकीकृत सर्किटको लेआउट डिजाइन, परम्परागत तथा मौलिक ज्ञान, परम्परागत सांस्कृतिक अभिव्यक्ति तथा अमूर्त सांस्कृतिक सम्पदा, जैविक विविधता र अनुवांशिक रहेको छ । नेपालले २०६३ सालमा विश्व व्यापार संगठन (डब्लूटीओ) को सदस्य लिएसँगै ट्रेडमार्क, पेटन्ट, डिजाइनलाई लिएर औधोगिक प्रतिष्ठानले चासो बढाएका हुन् । २०२२ मा आएको प्याटेन्ट, डिजाइन ट्रेडमार्क ऐन संशोधन भई प्याटेन्ट, डिजाइन ट्रेडमार्क ऐन २०६४ जारी गरिएको छ । जसले बौद्धिक सम्पत्ति संरक्षणको लागि सहज बनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया