Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा डा. चालिसे 

राष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा डा. चालिसे 


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलकोे प्रमुख स्वकीय सचिवमा पूर्वराजदूत डा. सुरेशचन्द्र चालिसे नियुक्त भएका छन् । राष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा डा. चालिसेलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । डा. चालिसे पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको परराष्ट्र सल्लाहकार पनि थिए । उनी नेपालका लागि अमेरिका र बेलायतका पूर्वराजदूतसमेत हुन् ।

त्यसैगरी राष्ट्रपति पौडेलको निजी सचिवमा चिरञ्जीवी अधिकारी नियुक्त भएका छन् । उनी लामो समयदेखि पौडेलको स्वकीय सचिवका रूपमा कार्यरत थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया