वित्तीय प्रणालीमा औसतमा एक दशमलव ७७ प्रतिशत कर्जा निष्क्रिय
सुरेश राउत
काठमाडौं, चैत ९
बैंकिङ क्षेत्रमा औसतमा एक दशमलव ७७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी २४ वटा विकास बैंक र २२ वटा फाइनान्स कम्पनीसहितका ७३ वटा संस्थाहरुले चालू आर्थिक वर्षको सात महिनाको अवधिमा ३५ खर्ब ६५ अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरी ३१ खर्ब ८५ अर्ब ६२ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा झण्डै दुुई प्रतिशत कर्जा निष्क्रिय देखिएको हो ।
नेपाल राष्ट्र बैंकका अनुुसार गत आवको सोही अवधिमा २८ वटा वाणिज्य बैंक, ३३ विकास बैंक र २४ वटा फाइनान्स कम्पनीहरुसहितका कुल ८५ वटा बैंक तथा फाइनान्स कम्पनीहरुले ३० खर्ब ८४ अर्ब ९० करोड ६३ लाख २० हजार रुपैयाँ निक्षेप संकलन गरी २७ खर्ब ६१ अर्ब ८४ करोड ३२ लाख २० हजार रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त अनुपातमा कर्जा प्रवाह गर्दा एक दशमलव ७५ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक र विकास बैंकको तुुलनामा फाइनान्स कम्पनीहरुमा निष्क्रिय कर्जा उच्च देखिएको छ । चालूु आवको पछिल्लो सात महिनामा वाणिज्य बैंकहरुले ३० खर्ब ६८ अर्ब ५६ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरी २७ खर्ब ५४ अर्ब १० करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा एक दशमलव ७१ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा भने वाणिज्य बैंकहरुले २६ खर्ब ७६ अर्ब ३४ करोड ३१ रुपैयाँ निक्षेप संकलन गरी २३ खर्ब ८९ अर्ब १० करोड २२ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गर्दा एक दशमलव ६० प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
विकास बैंकहरुमा भने चालू आवको पछिल्लो सात महिनामा एक दशमलव २१ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । राष्ट्र बैंकका अनुुसार यस अवधिमा विकास बैंकहरुले चार खर्ब १५ अर्ब ३८ २० लाख रुपैयाँ निक्षेप संकलन गरी तीन खर्ब ५७ अर्ब ६४ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आवको सोही अवधिमा भने विकास बैंकहरुले तीन खर्ब ४१ अर्ब १९ करोड १५ लाख ९० हजार रुपैयाँ निक्षेप संकलन गरी तीन खर्ब आठ अर्ब ७९ करोड ४० लाख २० हजार रुपैयाँ कर्जा प्रवाह गर्दा एक दशमलव १२ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
राष्ट्र बैंकका अनुुसार फाइनान्स कम्पनीहरुमा भने चालू आवको पछिल्लो सात महिनामा छ दशमलव ६७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । फाइनान्सले यस अवधिमा ८१ अर्ब ४० करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी ७३ अर्ब ८७ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेकाछन । गत आवको सोही अवधिमा भने फाइनान्सले ६७ अर्ब ३७ करोड १६ लाख २० हजार रुपैयाँ निक्षेप संकलन गरी ६३ अर्ब ९४ करोड ६९ लाख ५० हजार रुपैयाँ कर्जा प्रवाह गर्दा १० दशमलव २७ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तीन अर्ब ४५ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने : नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तीन अर्ब ४५ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६६ दिने मुुद्दती निक्षेपको रुपमा २०७७ वैशाख १ गतेदेखि वि.सं. २०७८ वैशाख १ गतेसम्मको लागि राख्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
यसरी मुुद्दती निक्षेपको रुपमा राखिने कुुल रकममध्ये वाणिज्य बैंकहरुको लागि दुई अर्ब ७६ करोड, विकास बैंकहरुको लागि ५१ करोड ७५ लाख र फाइनान्स कम्पनीहरुको लागि १७ करोड ७५ लाख रुपैयाँ छुुट्याइएको छ । राष्ट्र बैंकका अनुसार रकम लगानी गर्न चाहने इच्छुुक तथा फाइनान्स कम्पनीहरुले यही चैत १२ गते अपराह्न ४ बजेसम्म नेपाल राष्ट्र बैंकमा आफूले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको ब्याज समेत उल्लेख गरेर आवेदन दिनुुपर्नेछ । राष्ट्र बैंकका अनुसार रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाइनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको, तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा (एनपीए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरु तोकिएका छन् ।
यसैगरी कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात यस बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेको, निकटतम अघिल्लो आवमा सञ्चालन मुनाफा (व्यवस्थापछि)मा रहेको, लगानी गरिने बैंकको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक बैंकमा नरहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए, फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको, लगानी गरिने बैंक नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको तथा समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पूरा भएको एवं रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुुनुपर्ने प्रावधानहरु तोकिएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया