Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविद्युुतीय कारोबारमा कुुनै पनि शुल्क नलिन निर्देशन कारोबार सीमा बढ्यो

विद्युुतीय कारोबारमा कुुनै पनि शुल्क नलिन निर्देशन कारोबार सीमा बढ्यो


काठमाडौं, चैत १०
नेपाल राष्ट्र बैंकले मोबाइल तथा इन्टरनेट बैंकको माध्यमबाट गरिने कारोबारमा कुुनै पनि शुल्क नलिन निर्देशन दिएको छ । आज आइतबार राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र लघुुवित्त वित्तीय संस्था समेतको नाउँमा परिपत्र जारी गर्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो । विश्वव्यापी भएको कोभिड १९ को जोखिम संक्रमण जोखिमलाई न्यूनीकरण गर्नको लागि राष्ट्र बैंकले नगदरहित कारोबारलाई प्रोत्साहन गर्न उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो । परिपत्रमा भनिएअनुसार बैंक तथा फाइनान्स कम्पनीहरुले विद्युुतीय कारोबारलाई प्रोत्साहन गर्नको लागि लागि उक्त कार्यलाई छिटोछरितो बनाउनुुपर्नेछ । यसैगरी राष्ट्र बैंकले बैंकिङ क्षेत्रलाई सरकारले अत्यावश्यक सेवाको सूचीमा राखेको हुनाले न्यूनतम कर्मचारीहरु राखेर कोरोनाको संक्रमणबाट जोगिँदै घरमा नै बसेर गर्नसक्ने कामको लागि घरमा नै बसेर गर्ने, सिफ्टअनुसारको काम गर्ने व्यवस्था मिलाउन पनि बैंक तथा फाइनान्स कम्पनीहरुलाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकका अनुसार बैंकिङ सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा स्वास्थ्य सेवाग्राहीको स्वास्थ्य सुरक्षा तथा संक्रमणको जोखिमलाई कम गराउने गरी स्यानिटाइजर, मास्क, थर्मल स्क्यानर, ह्याण्ड वाश आदिको व्यवस्था गर्न पनि निर्देशन दिएको छ । यसैगरी राष्ट्र बैंकले विद्युुतीय कारोबारलाई प्रोत्साहन गर्दै मोबाइलमार्फत गरिने भुक्तानी प्रतिदिन एक लाख र इन्टरनेटमार्फत गरिने भुक्तानीको प्रतिदिन सीमा १० लाख कायम गरेको छ । सोही परिपत्रअनुसार प्रतिमहिना मोबाइल बैंकिङमार्फत १० लाख र इन्टरनेट बैंकिङमार्फत ५० लाखको कारोबार गर्न सकिने व्यवस्था गरेको छ । यसअघि मोबाइल बैैंकिङमार्फत प्रतिदिन कारोबार सीमा ५० हजार र प्रतिमहिना कारोबार सीमा दुुई लाख रुपैयाँसम्म कायम रहेको थियो । परिपत्रअनुसार वालेटबाट पनि प्रतिदिन एक लाखसम्म र प्रतिमहिना पाँच लाखसम्म कारोबार गर्न सकिने व्यवस्था गरेको छ ।

आज १० अर्ब ३३ करोड रुपैयाँको ट्रेजरी बिक्री हुने : नेपाल राष्ट्र बैंकले आज सोमबार १० अर्ब ३३ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । जारी मिति यही चैत १२ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने कुुल ट्रेजरीमध्ये ९१ दिने अवधिको चार अर्ब तीन करोड, एक सय ८२ दिने अवधिको चार अर्ब ३० करोड र तीन सय ६४ दिने अवधिको दुुई अर्ब रुपैयाँको रहेको छ । सोमध्ये ९१ दिने अवधिको परिपक्व हुुने मिति वि.सं. २०७७ असार ९ गते, एक सय ८२ दिने अवधिको ट्रेजरीको परिपक्व हुुने अवधि वि.सं. २०७७ असोज ६ गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुुने अवधि वि.सं. २०७७ चैत १० गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ । यसअघि यही चैत ३ गते पनि राष्ट्र बैंकले छ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । सोमध्ये ९१ दिने अवधिको चार अर्ब र एक सय ८२ दिने अवधिको दुुई अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x