तनहुँ जलविद्युत् आयोजना तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन
दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित एक सय ४० मेगावट क्षमताको निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको एसियाली विकास बैंक (एडिबी) र नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले स्थलगत अनुगमन भ्रमण गरेको छ ।
एडिबीका नेपाल आवासीय नियोगका निर्देशक आर्नो कुश्वा, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्चस्तरीय टोलीले आयोजनाका बाँध, भूमिगत विद्युत्गृह, मुख्य सुरुङलगायतका संरचनाको निर्माण कार्यको अनुगमन गरेको हो ।
टोलीले आयोजनाको प्याकेज–१ (बाँध तथा हेडवक्र्स), दोस्रो प्याकेज–२ (विद्युत्गृह, मुख्य सुरुङ तथा सम्बन्धित उपकरणहरु) र तेस्रो प्याकेज (दमौली–भरतपुर २२० केभी प्रसारण लाइन) निर्माणमा संलग्न आयोजना व्यवस्थापन, निर्माण व्यवसायी, परामर्शदातासँग छलफल गरी निर्माण प्रगति, निर्माणमा देखिएका समस्या लगायतका विषयमा विस्तृत रुपमा छलफल गरेको थियो ।
निर्माणमा देखिएका समस्या समाधान गर्न आफ्नातर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै टोलीले आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएको छ । आयोजनाको समग्र निर्माण आगामी २०८३ जेठभित्र सक्ने लक्ष्य राखिएको छ ।
आयोजनाको सहुलितपूर्ण ऋण प्रवाह गरेको एडिबीका नेपाल आवासीय नियोग निर्देशक कुश्वाले आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताए । “मुख्य रुपमा प्याकेज–१ को निर्माण महत्वपूर्ण तथा चुनौतीपूर्ण देखिएकाले निर्माण विधिमा ध्यान दिई उपकरण तथा जनशक्ति थप गर्नुपर्ने आवश्यकता देखिन्छ”, उनले रासससँग भने ।
प्राधिकरणका कार्यकारी निर्देशक एवम् आयोजनाका प्रवरद्धक तनहुँ हाइड्रोपावरका अध्यक्षसमेत रहनुभएका घिसिङले आयोजनाको निर्माण सम्पन्न गर्न हाल तय गरिएको तालिका नै अन्तिम भएकाले सोही लक्ष्यलाई पूरा गर्ने गरी काम गर्न निर्देशन दिए। तनहुँ हाइड्रोपावरका प्रबन्ध–सञ्चालक किरणकुमार श्रेष्ठले निर्माण कार्यमा भइरहेको प्रगतिबारे जानकारी गराएका थिए ।
क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश, समाचार
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया