पचास करोडका आठ नदी नियन्त्रण योजना सञ्चालन
म्याग्दी । सदरमुकाम बेनीमा यस वर्ष कटान र बाढी नियन्त्रण गर्न रु. ५० करोड लागतमा आठ योजना सञ्चालन भएका छन् ।
कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनीलाई सरकारले नदी कटानका हिसाबले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा राखेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले यसपाली बेनी र आसपासका क्षेत्रमा करिब रु. ५० करोड लागतमा नदी नियन्त्रण योजना कार्यान्वयन भएको जनाएको छ ।
परियोजनाका प्रमुख विदुर श्रेष्ठले नदी कटानको उच्च जोखिममा रहेको बेनी बजार, गलेश्वर क्षेत्र, राममन्दिर र पर्वत बेनी आसपासका बस्तीलाई संरक्षण गर्न आठ प्याकेजमा काम भइरहेको जानकारी दिए । “एक वटा गत वर्षको र सात यस वर्षकामध्ये छ प्याकेजको ठेक्का सम्झौता भएर काम सुरु भइसकेको छ”, उनले भने, “म्याग्दी नदी किनारमा तीन र कालीगण्डकीमा पाँच ठाउँमा कटान नियन्त्रण गर्ने संरचना निर्माण गर्न लागिएको हो ।”
रु. नौ करोड ४५ लाखमा ठेक्का सम्झौता गरेको रौताह–बिएनबी कन्ट्रक्सन जेभीले कालीगण्डकी किनारमा एक सय ६४ मिटर लामो र आठ मिटर अग्लो काउन्टर फोर्ट प्रविधिको पक्की पर्खाल निर्माण गरिरहेको छ । सो ठेक्कामार्फत गत वर्ष कालीपुलको कालीगण्डकी किनारमा ८० मिटर पक्की र मङ्गलाघाटको म्याग्दी नदी किनारमा ४६ मिटर कम्पोजिट पर्खाल निर्माण भएको थियो ।
मङ्गलाघाटस्थित म्याग्दी नदीको किनारमा दुई प्याकेजमा दुई सय ६२ मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल बनाउन रु पाँच करोड ७७ लाखमा सुप्रिम कन्ट्रक्सनसँग ठेक्का सम्झौता भएको परियोजनाका इञ्जिनियर कृष्ण विश्वकर्माले राससलाई जानकारी दिए ।
बेनी नगरपालिकाको वडा नं २ स्थित बेनी–बागलुङ सडकको भसभसे पहिरो र म्याग्दी नदी कटान नियन्त्रणका लागि ७५ मिटर लामो कम्पोजिट पर्खाल बनाउन रु. दुई करोड ३० लाखमा ठेक्का सम्झौता गरेको हिमालयन कन्ट्रक्सनले तीव्रताका साथ काम गरिरहेको छ ।
पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीस्थित कालीगण्डकी किनारमा ८० मिटर पर्खाल बनाउन रु तीन करोड २० लाख लागत अनुमान गरिएकामा ठेक्का सम्झौताको प्रक्रियामा छ । बेनी नगरपालिका–९ स्थित राहुघाट नदी किनारमा ९० मिटर लामो पर्खाल बनाउन भाग्यलक्ष्मी बिआरटिले रु. दुई करोड ६८ लाखमा ठेक्का लिएको छ ।
जलजलाको बगरफाँटमा कालीगण्डकी किनारमा ८५ मिटर लामो पर्खाल बनाउन रु तीन करोड २० लाखमा ठेक्का लिएको माछापुच्छ्रे निर्माण सेवाले पनि काम गरिरहेको छ । कालीगण्डकी र राहुघाट नदीको दोभानस्थित जलजला–२ को राममन्दिरमा पक्की पर्खाल बनाउन माछापुच्छ्रे निर्माण सेवाले रु. चार करोड ३२ लाखमा ठेक्का लिएको छ ।
मङ्गलाघाटका ठेकेदारले केही दिनमा कार्यक्षेत्रमा आउने तयारी गरेको र अन्य ठाउँको ठेक्का लिएका निर्माण कम्पनीले बर्खाअघि नै सम्पन्न गर्ने लक्ष्यसहित मजदुर र उपकरण परिचालन गरिएको जनाएका छन् । रातिको समयमा पनि काम गरिरहेका छन् ।
योजनालाई छिटो, छरितो र गुणस्तरीय बनाउन परियोजनाका प्राविधिकको निगरानीमा काम भइरहेको छ । बेनीका नगर प्रमुख सुरत केसीले नदी नियन्त्रण योजनालाई महत्व र प्राथमिकता दिएर अनुगमन, सहजीकरण र निगरानी गरिएको बताए ।
क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश, समाचार
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया