Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारल्याब परीक्षण नै नगरी खाद्यसामग्रीको भन्सार पास !

ल्याब परीक्षण नै नगरी खाद्यसामग्रीको भन्सार पास !


काठमाडौं । विराटनगर भन्सारबाट खाद्यसामग्रीहरूको ल्याब परीक्षण नै नभई भन्सारको सेटिङमा नेपाल भित्रिने गरेको पाइएको छ । भारतीय बजार जोगबनीबाट अवैध बाटो भएर भित्रिने खाद्य सामग्रीको गुुणस्तरका विषयमा अनेकन प्रश्न उठिरहेको समयमा वैधरूपमा भन्सारबाट भित्रिने सामग्रीमा समेत ल्याब परीक्षण नहुने गरेको पाइएको हो ।

अहिले वैध बाटो भएर भित्रिने र उपभोक्ताले सिधै प्रयोग गर्ने चामल, दाल, गहुँ, गेडागुडी, दलिया, मकै, तोरी, सुक्खा फलफुल काजु, बदामलगायतका वस्तुको खाद्य परीक्षण नै नगरी सेटिङमा विराटनगर भन्सारको मूल नाका नै प्रयोग गरी व्यवसायीले नेपाल भित्र्याउने गरेका छन् । भारत वा तेस्रो मुलुकबाट भित्रिने जुनसुकै खाद्यवस्तु वैध तरिकाले भित्रिँदा खानयोग्य छ कि छैन भनी परीक्षण गर्नुपर्छ । परीक्षणमा सरकारले तोकेको मापदण्ड पूरा भएर भन्सार कार्यालयमार्फत भित्रिनुपर्नेमा केही समयदेखि विराटनगर भन्सार हुँदै आयात भएका त्यस्ता खाद्यवस्तुको क्वारेन्टिन जाँच मात्रै भएर नेपाल आउने क्रम बढेको छ ।

सरकारले खानयोग्य वस्तु मात्रै भित्र्यिोस् भन्ने उद्देश्यले खाद्य गुणस्तरका लागि विराटनगर रानी नाकामा रहेको पुुरानो भन्सार कार्यालयमा प्रमाणीकरण कार्यालय नै स्थापना गरेको छ । भन्सार नजिकै रहेको खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले ती वस्तुको ल्याबटेस्ट गर्ने भनिए पनि त्यस्ता वस्तु त्यहाँ जाँच नभई दुुईदेखि तीन घण्टाको फरकमा ल्याब रिपोर्ट दिने र सिधै उपभोक्ताको भान्सामा पुग्ने गरेको छ । अन्य तयारी खाद्यवस्तु चाउचाउ, चकलेट, बिस्कुटलगायत परीक्षण भए पनि खाद्यन्नको गुणस्तर परीक्षण नै नभई सोझै भित्रिने गरेको स्रोतको दाबी छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया