Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरू आर्थिक कूटनीतिका संवाहक’

‘द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरू आर्थिक कूटनीतिका संवाहक’


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरू आर्थिक कूटनीतिका संवाहक भएको बताएका छन् । मुलुकमा क्रियाशील विभिन्न १९ द्विराष्ट्रिय उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारीसँगको शनिबार भएको भेटमा राष्ट्रपति पौडेलले मुलुकको वैदेशिक व्यापार तथा लगानी र पर्यटन प्रवर्द्धनमा द्विराष्ट्रिय उद्योग वाणिज्य संघमार्फत भइरहेको प्रयासको सह्राना गर्दै यसलाई निरन्तरता दिन समेत आग्रह गरे ।

यस्तै राष्ट्रपति पौडेलले नेपालको दूतावास नभएका मुलुकमा निजी क्षेत्रमार्फत आर्थिक कूटनीतिको रिक्तता पूरा गर्न सकिने बताए । आर्थिक कुटनीतिको रिक्तता पूरा गर्न निजी क्षेत्रले खेलेको भूमिकाको उनले प्रशंशा समेत गरे । राष्ट्रपति पौडेलले मुलुकको बृहत्तर आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका सशक्त र प्रभावकारी हुनुपर्ने उल्लेख गर्दै द्विराष्ट्रिय उद्योग वाणिज्य संघका माध्यमले वैदेशिक लगानीमा सहजीकरण गर्न सकिने बताए । १९ द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट नेपाल चीन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठले राष्ट्रपतिबाट निजी क्षेत्रमैत्री नीति–नियम तर्जुमाका लागि सरकारलाई मार्गनिर्देश हुने अपेक्षा राखिएको बताए । पछिल्लो समय अर्थतन्त्रका बाह्य क्षेत्रहरू व्यापारघाटा, वैदेशिक लगानी तथा पर्यटन क्षेत्र निराशाजनक रहेको तस्बिर प्रस्तुत गर्दै श्रेष्ठले निजी क्षेत्रमैत्री नीति–नियम तर्जुमा हुनसके अर्थतन्त्रको तस्बिर बदल्न सकिने उल्लेख गरे ।

शितल निवासमा भएको भेटमा नेपाल चीन उद्योग वाणिज्य संघ, नेपाल जर्मन उद्योग वाणिज्य संघ, नेपाल इन्डिया उद्योग वाणिज्य संघ, नेपाल अमेरिका उद्योग वाणिज्य संघ, नेपाल ब्रिटन उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारीहरू सहभागी थिए । यस्तै, नेपाल जापान उद्योग वाणिज्य संघ, नेपाल कोरिया उद्योग वाणिज्य संघ, नेपाल रसिया उद्योग वाणिज्य संघ, नेपाल भियतनाम उद्योग वाणिज्य संघ, नेपाल फिनल्याण्ड उद्योग वाणिज्य संघ, नेपाल सिंगापुर उद्योग वाणिज्य संघ, नेपाल इटाली उद्योग वाणिज्य संघ, नेपाल कुवेत उद्योग वाणिज्य संघ, नेपाल थाइल्याण्ड उद्योग वाणिज्य संघ, नेपाल यूएई उद्योग वाणिज्य संघ, नेपाल श्रीलंका उद्योग वाणिज्य संघ, नेपाल म्यानमार उद्योग वाणिज्य संघ, नेपाल फिलिपिन्स उद्योग वाणिज्य संघ र नेपाल पेरु उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारी सहभागी रहेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया