Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसाल्ट ट्रेडिङको साधारणसभा

साल्ट ट्रेडिङको साधारणसभा


काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ५६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार साँझ काठमाडौंमा सम्पन्न साधारणसभाले सात जना सञ्चालक समिति चयनका साथै १० प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद लाभांश (करसहित) गरी १५ प्रतिशत लाभांस वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न प्रदीप लाल श्रेष्ठ, नारायण दास मानन्धर, राजेन्द्र मान शेरचन, अन्जन श्रेष्ठ, सुनील श्रेष्ठ, राजेश कुमार श्रेष्ठ, शंकर प्रसाद श्रेष्ठलाई चयन गरेको हो । साधारणसभाले आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षकमा एन अमात्य एन्ड कम्पनी चार्टर्ड एकान्टेन्टसलाई पुनः नियुक्ति गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया