Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेतो मच्छेन्द्रनाथको रथयात्रा नगरिने

सेतो मच्छेन्द्रनाथको रथयात्रा नगरिने


काठमाण्डौं,चैत ११

कोरोनाको संक्रमणका कारण यस वर्ष सेतो मच्छेन्द्रनाथको रथयात्रा नगर्ने निर्णय भएको छ । गुठी संस्थान, सेतो मच्छेन्द्रनाथ रथयात्रा व्यवस्थापन समिति, करुणामय आर्यावलोकीतेश्वर मन्दिरका पुजारीलगायत सरोकार भएका निकायका अधिकारीको उपस्थितिमा क्षमा माग्दै रथयात्रा नगर्ने निर्णय गरिएको काठमाडौँ महानगरपालिका वडा नं २५ का अध्यक्ष नीलकाजी शाक्यले जानकारी दिए । विश्वभर कोरोनाको संक्रमण फैलिएकाले मानव कल्याणका लागि यस वर्षको जात्रा रोक्नुपरेको रथयात्रा व्यवस्थापन समितिको संयोजकसमेत रहेका वडाध्यक्ष शाक्यले सुनाए । प्रत्येक वर्ष वर्षा र सहकालका देवताका रुपमा पुजिने सेतो मच्छेन्द्रनाथको रथयात्रा चैत्र शुक्ल अष्टमीदेखि द्वादशीसम्म हुने गरेको थियो । चैत्र शुक्ल अष्टमीका दिन तीनधारा पाठशालाबाट सुरु हुने जात्रा त्यस दिन असनसम्म पु¥याउने परम्परा प्राचीनकालदेखि छ ।

नवमीका दिन असनबाट हनुमानढोकाको कालभैरवसम्म, दशमीमा कालभैरवबाट चिकमुङ्गल, जैसीदेवल हुँदै लगनटोलसम्म रथयात्रा चलाइन्थ्यो । एकादशीका दिन लगनटोलमा रहेको सेतो मच्छेन्द्रनाथको आमाका रुपमा पुजिने पीपलको बोटमा तीनपटक घुमाइन्छ । द्वादशीका दिन सानो खटमा आर्यावलोकीतेश्वरलाई राखी बहालमा पु¥याइन्छ । त्यसै दिन सिन्दुर जात्रा गरेपछि जात्रा सकिने परम्परा थियो । यस वर्ष जात्रा गर्न नसकिने भएकाले चैत १९ गते चैत्र शुक्ल अष्टमीका दिन आर्यावलोकीतेश्वर मन्दिरमा क्षमापूजा गर्ने निर्णय भएको पनि अध्यक्ष शाक्यले जानकारी दिए । क्षमापूजामा पनि पुजारी र सरोकार भएका निकायका प्रतिनिधि गरी २५ जनाभन्दा थोरैको उपस्थितिमा हुने समितिले जनाएको छ । कोरोनाको संक्रमण समाप्त भएपछि यस वर्षको जात्रा रोकिएकामा स्वस्तिशान्ति कोटीहोम गरी जात्रामा उपस्थित हुन नपाएका भक्तजनलाई प्रसाद वितरण गरिनेछ । (रासस)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x