महासंघ नेतृत्व व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न सकेन : उमेशलाल श्रेष्ठ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेद्वारी दिन लागेको उमेशलाल श्रेष्ठले महासंघको वर्तमान नेतृत्वले व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न नसेको आरोप लगाएका छन् ।
अहिले ठुला व्यापारीहरु महासंघ नेतृत्वमा पुगेर समग्र उद्योगी व्यवसायीको समस्या समाधान भन्दा पनि आफ्ना व्यक्तिगत स्वार्थमा केन्द्रित हुन थालेका कारण जिल्ला नगर र बस्तुगत संघहरुका समस्याहरु राज्यले सुन्न छाडेको उनको आरोप छ ।
नेपाल औषधि उत्पादक संघले आयोजना गरेका छलफल कार्यक्रममा उनले महासंघ नेतृत्व व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समग्र उद्योगी व्यवसायीको हितमा काम गर्ने हुनुपर्ने बताए । ‘सबै व्यवसायीको समस्या सुनेर सरकार समक्ष पुर्याएर समाधान गर्नकै लागि म जस्तो भुई मान्छेले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर महासंघको नेतृत्व लिन अघि बढेको छु’, उनले भने । यस्तै उनले अहिले उद्योगी व्यवसायीका साथै देशको अर्थतन्त्र नै समस्यामा परेको भन्दै यस्तो अवस्थामा महासंघलाई आफुजस्तो नेतृत्वको खाँचो भएको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 7
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया