वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गर्ने विरुद्ध कारबाही प्रक्रिया अगाडि बढाएको छ । पटकपटक अनुगमन गरी कारबाहीको चेतावनी दिँदै आए पनि उद्योगले अटेर गरेपछि बाध्य भएर महानगरपालिकाले सिर्सिया नदी प्रदूषित पार्ने उद्योगविरुद्ध कारबाही प्रक्रिया थालेको हो ।
यसैक्रममा तराईवासीको महान पर्व चैती छठपूजाको बेलामा पनि बर्तालुले सिर्सिया नदीको प्रदूषित पानीमै पूजापाठ गरेको दृश्य सामाजिक सञ्जाललगायतमा राखेर मानिसले विरोध जनाएपछि सिर्सिया नदी प्रदूषित गर्ने वीरगञ्जका पाँच वटा उद्योगलाई कारबाही गरी रु १५ लाख जरिवाना गरेको छ ।
महानगरपालिकाले वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा रहेका पाँच वटा उद्योगलाई जनही रु तीन लाखका दरले रु १५ लाख जरिवाना गरेको जनाएको हो । महानगरले वडा नं २१ मा अवस्थित ग्लोबल लेदर उद्योग प्रालि, अर्निका प्रोसेसिङ उद्योग प्रालि, श्रीसिद्धि टेक्सटायल्स प्रालि, मोरियम लेदर उद्योग प्रालि र वडा नम्बर ३२ मा रहेको दुर्गा पल्प एण्ड पेपर प्रालिलाई रु तीन लाखका दरले जरिवाना गरेको हो ।
नदी प्रदूषित गरेका पाँच उद्योगलाई आज पत्राचार गर्दै सात दिनभित्र तोकिएको जरिवाना बुझाउन निर्देशन दिइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए ।
महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ३७ अनुसार नदी प्रदूषित गर्ने उद्योगलाई कारबाही गरिएको पौडेलले बताए ।
वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले सिर्सिया नदी वीरगञ्ज सहरकै ‘लाइफ लाइन’ रहेको र नदीलाई प्रदूषित बनाउने उद्योगलाई कारबाही गर्न महानगरले निरन्तर अनुगमन पनि जारी राख्ने बताए । नदीको प्रदूषणले बाराको सिमरा, बकुलिया, लोहसन्डा, रमौली, सगरदीना, रामपुर टोकनी, छातापिपरा, नितनपुर, गम्हरगाँवा, बेहरा, बलुवा, पर्साको सिर्सिया, ताजपुर, भलुही, रामगढवा, परवानीपुर र वीरगञ्ज महानगरपालिकाको रामवन, रामगढवा, बिन्दवासिनी, रानीघाट, अशोकबाटिका, छपकैयासहित करिब एक दर्जन बढी गाउँ र टोलका बासिन्दा प्रभावित हुँदै आएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ रु एक अर्ब ६० करोड
- बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु
- रातभरका विस्फोटनले बेइरुतमा गुमेको निद्रा, लेबननमा नेपाली कति सुरक्षित ?
- वर्षाले विध्वंस गरेका ठाउँमा विभिन्न रोगको जोखिम, रोकथाम गर्न कस्तो प्रयास हुँदै छ ?
- राजमार्गमा दर्जनौँको ज्यान लिने अधुरा सडकका ‘धराप’
- स्वास्थ्य मन्त्री पौडेलद्वारा नागरिकलाई सहजरुपमा सेवा दिन आग्रह
- भ्रष्टाचार आरोपमा सिंगापुरका पूर्वमन्त्रीलाई जेल सजाय
- भुटान र भारतीय कम्पनीबीच नवीकरणीय ऊर्जा सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया