Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशित

उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशित


काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली स्वीकृत गरी प्रकाशन गरेको छ ।

आयोगले स्वीकृत गरेको मतदाता नामावलीबमोजिम २०७९ वैशाख ९ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिमध्ये महिला ८८ लाख ५२ हजार ४६, पुरुष ९१ लाख ४९ हजार तीन सय ३५ र अन्य एक सय ८५ गरी जम्मा एक करोड ८० लाख एक हजार पाँच सय ६६ जना रहेका छन् । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनयता १२ हजार नौ सय ९६ मतदाता संख्या वृद्धि भएको आयोगले जनाएको छ । उपनिर्वाचनका लागि चितवन क्षेत्र नं २ मा चार सय ७० थप भई एक लाख २४ हजार छ सय ९५, बारा क्षेत्र नं २ मा दुई सय ३७ थप भई एक लाख पाँच हजार दुई सय ४८ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा एक सय ८५ घटी भई एक लाख २३ हजार तीन सय पाँच मतदाता कायम भएका छन् ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार आजसम्म देशभर १० हजार आठ सय ९२ मतदानस्थल र २२ हजार दुई सय ३७ मतदानकेन्द्र कायम भएको छ । उपनिर्वाचन हुने तीन जिल्लाका लागि एक सय ९४ मतदानस्थल र चार सय २७ मतदानकेन्द्र कायम भएको छ । सोअनुसार गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा रहेका मतदानकेन्द्र र मतदानस्थलमध्ये बारा क्षेत्र नं २ मा एक मतदानकेन्द्र थप भएको छ ।

आयोगको निर्णयानुसार चितवनमा २०७९ फागुन १ गतेदेखि तथा बारा र तनहुँ जिल्लामा २०७९ चैत ६ देखि लागू हुनेगरी अनलाइन प्रणालीमा आधारित मतदाता नामावली दर्ता र बाहिरी जिल्लादर्ता स्थगन गरिएको छ । अन्य जिल्लामा भने मतदाता नामावली संकलन कार्य २०७९ माघ २ गतेदेखि यथावत् रहेको छ ।

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त
आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्ति गरेको छ । यही चैत १८ गतेदेखि लागू हुनेगरी मुख्य निर्वाचन अधिकृत नियुक्त गरिएको हो ।

न्याय परिषद्को परामर्शमा चितवन क्षेत्र नं २ मा जिल्ला न्यायाधीश वासुदेव न्यौपाने, बारा क्षेत्र नं २ मा जिल्ला न्यायाधीश मुकेश उपाध्याय र तनहुँ क्षेत्र नं १ मा जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यलाई नियुक्त गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिएका छन् । मुख्य निर्वाचन अधिकृतको नियुक्तिसँगै यही चैत १८ गतेदेखि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय खुल्नेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया