तनहुँ– १ उपनिर्वाचन : ठूला दलले टुङ्ग्याए उम्मेदवार
दमौली । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँमा ठूला राजनीतिक दलको उम्मेदवारी टुङ्गो लागेको छ । नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार टुङ्गो लगाएका हुन् ।
नेपाली कांग्रेसका तर्फबाट पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराईले उम्मेदवारी दिनेछन् । उम्मेदवारी दर्ताका क्रममा पार्टीका महामन्त्री गगनकुमार थापाको उपस्थिति रहने नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए । उम्मेदवार भट्टराई शनिबार नै गृहजिल्ला आएर कार्यकर्ता भेटघाटमा लागिसकेका छन् । उनले शनिबार आँबुखैरेनी गाउँपालिका, व्यास नगरपालिका–११, आज व्यास–१ र २ मा कार्यकर्ता भेटघाट गरिसकेका छन् ।
नेकपा (एमाले) का तर्फबाट पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले उम्मेदवारी दिनेछन् । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट अर्थविद् डा. स्वर्णिम वाग्लेले उम्मेदवारी दिनेछन्। उम्मेदवार वाग्ले आज तनहुँ आइपुगेका सो पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । नेकपा (एकीकृत समाजवादी)का तर्फबाट पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठले उम्मेदवारी दिने तय भएको सो पार्टीका जिल्ला अध्यक्ष श्रीराम कार्कीले जानकारी दिए । अन्य साना राजनीतिक दल पनि उम्मेदवार छनोटको अन्तिम तयारीमा पुगेका छन् । सोमबार उम्मेदवारी दर्ताको कार्यक्रम छ । निर्वाचन कार्यतालिकाअनुसार तनहुँमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।
मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले सबैको सहयोगबाट निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्षरुपमा सम्पन्न गर्न सकिने बताए । जिल्लाका राजनीतिक दल, सुरक्षा निकाय, पत्रकार लगायतको सहयोगबाट निर्वाचनलाई मर्यादित र भयरहितरुपमा सम्पन्न गर्न सहयोग आवश्यक रहेको उनले बताए । क्षेत्र नं १ बाट निर्वाचित वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनको तयारी सुरु भइसकेको निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले राससलाई जानकारी दिए । निर्वाचनमा खटिने कर्मचारीको विवरण सङ्कलनको काम भइरहेको ढकालले बताए ।
उक्त क्षेत्रअन्तर्गतका ४२ वडामा ६९ मतदानस्थल तथा एक सय ५२ मतदान केन्द्र छन् । यो क्षेत्रमा एक सय ८५ मतदाता घटेर एक लाख २३ हजार तीन सय पाँच कायम भएको छ । मङ्सिर ४ गतेसम्म सो क्षेत्रमा एक लाख २३ हजार चार सय ९० मतदाता थिए । निर्वाचनमा ६६ हजार नौ सय ६५ मत खसेकामा नेपाली कांग्रेसका तर्फबाट पौडेल २५ हजार तीन सय १८ मत प्राप्त गरी विजयी भएका थिए । प्रतिस्पर्धी नेकपा (एमाले) का एकबहादुर रानाले १९ हजार नौ सय ४३ मत प्राप्त गरेका थिए ।
क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश, समाचार
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया