मुख्यमन्त्रीद्वारा ट्रेड टावर शिलान्यास
दाङ । तुलसीपुर उपमहानगरपालिका कार्यालयको उत्तरतर्फ निर्माण हुन लागेको तुलसी ट्रेड टावर निर्माण थालिएको छ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लीला गिरीले आज उक्त टावर शिलान्यास शिलान्यास गरे । पाँच महिनाअघि नै सो टावर निर्माण थालिएको थियो ।
दाङलाई पर्यटनको केन्द्रको रूपमा विकास गर्न ट्रेड टावरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै मुख्यमन्त्री गिरीले दाङ ठूलो उपत्यका भएको र चुरे महाभारत शृङ्खला पनि रहेकाले हिलस्टेशनका रूपमा अघि बढाउन पनि सकिने बताए। उनले कोइलाबासबाट सुरुङमार्ग निकालेर दाङ उपत्यका पु-याउन सकिने योजनाबारे पनि चर्चा गरे । पत्रकारको एक प्रश्नको जवाफमा मुख्यमन्त्री गिरीले आफूले विश्वासको मत नपाए संसद्को ठूलो दलले मुख्यमन्त्री पाउने बताए ।
मुख्यमन्त्री गिरीले केही समयमै विश्वासको मत लिने बताए । गत चैत १२ गते माओवादीलगायत दलले उनलाई दिएको समर्थन फिर्ता लिएका थिए । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले उपमहानगरपालिकाकै जग्गामा ठूलाठूला घर बनाएर बेचबिखनका काम भइरहेको बताए । उनले ती घर छोडाउनका लागि बारम्बार भनिए पनि सम्बद्ध व्यक्तिले अटेर गरेकाले जग्गा खाली गराएरै छोडिने जानकारी गराए ।
अहिलेसम्म उपमहानगरपालिकाको जग्गामा घर बनाएकाहरूले कर नतिरेको र भाडा पनि नदिएकाले त्यस्ता व्यक्तिलाई सम्मान गर्न नसकिने उल्लेख गर्दै उपमहानगर प्रमुख खड्काले मिचिएका घर खाली गराएर जग्गा भाडामा दिइ आम्दानी लिने तयारी रहेको उल्लेख गरे ।
सोही उपमहानगरपालिकाका इञ्जिनियर पवनकुमार योगीले रु १४ करोड ४२ लाखको लागतमा बहुउद्देश्य व्यापारिक भवन तथा तुलसी ट्रेड टावर निर्माण हुन लागेको बतारे । जहाँ लिफ्टसहित सात तलाको टावर निर्माण हुनेछ । साढे १७ मिटर लम्बाइ र ३४ मिटर चौडाइ रहेको टावर निर्माणको काम तीन वर्षमा पूरा गर्नेगरी ठेक्का सम्झौता भएको छ । रु २३ करोडमा टेन्डर आह्वान गरिएकामा समानान्तर, डायनामिक, नारायणम जेभीले भ्याटबाहेक साढे १४ करोड निर्माण सक्ने गरी ठेक्का पाएको थियो ।
कूल लागतमध्ये ७० प्रतिशत रकम नगरविकास कोषको ऋण र ३० प्रतिशत रकम तुलसीपुर उपमहानगरको लगानीमा निर्माण हुन लागेको हो । त्यसमा भूमिगत गाडी पार्किङ पनि निर्माण गरिने भएको छ । उपमहानगरपालिकाको उत्तरतर्फ रहेको १० कट्ठा जमिनमा निर्माण गर्न लागिएको टावरको व्यापारिक भवनमा पार्किङका साथै विभिन्न व्यापार, बैंकिङ कारोबार, सभाहल, रेष्टुरेन्ट पनि सञ्चालनमा आउनेछन् । उक्त भवन २०८१ चैत मसान्तसम्म सक्नेगरी सम्झौता भएको थियो ।
क्याटेगोरी : प्रदेश समाचार, लुम्न्बिनी प्रदेश, समाचार
ताजा अपडेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया